LISTEN LIVE RADIO

अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम



अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम

विरेन्द्र गिरी, रुपन्देही १८ मंसिर ।

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारी शुद्धोधन गाउँपालिका ४ नम्बर वडाले वडामा बसोबास गरिरहेका अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति निशुल्क स्वास्थ्य बिमा कार्यक्रम गर्ने गरि दिवस मनाएको छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य हेमन्त थापा, शिवकुमारी चौधरी, जनप्रतिनीधिहरु, नेत्रहिन युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष टिकाराम पौडेल, शुद्धोधन अपाङ्ग संघका अध्यक्ष बिष्णुबहादुर थापा लगायतका संघ संस्था र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कोभिड १९ पश्चातको उत्कृष्ट पुर्नरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य बिमा निशुल्क रुपमा गर्ने सुधोधन गाउँपालिका ४ नम्बर वडा पहिलो रहेको वडा जनप्रतिनिधिको रुपमा निर्बाचित भएर आइसकेपछि वडालाई अपाङ्गतामैत्री भवन समेत बनाई अपाङ्गता भएको ब्यक्तिहरुको पक्षमा कार्य भएको र सबैले जसको अनुकरण गर्नुपर्ने बिचार राखेका थिए । कार्यक्रमको सञ्चालन सचिब केशब पन्तले गरेका थिए ।

वडाले यस अघि पनि अगरबत्ती, मुढा, चुरा, गुडिया बनाउने तालिमका अतिरिक्त बाख्रा वितरण र बाख्राको बिमा गर्ने कार्यक्रम गरिएको र सो कार्य निरन्तरता रहेको वडा सदस्य हेमन्त थापाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे