LISTEN LIVE RADIO

लुम्बिनीका आन्तरिक मामिला मन्त्री पन्थीद्धारा पदभार ग्रहण, राहत र प्रतिकार्यमा जुट्न निर्देशन



लुम्बिनीका आन्तरिक मामिला मन्त्री पन्थीद्धारा पदभार ग्रहण, राहत र प्रतिकार्यमा जुट्न निर्देशन

देउखुरी १३ बैशाख । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थीले प्रदेश भित्र आगलागीका घटनाहरु बढेको र त्यसको प्रतिकार्यमा जुट्न निर्देशन दिएका छन् । मन्त्रालयमा पदभार संगै पहिलो निर्णय पत्रमा हस्ताक्षर गर्दै मन्त्री पन्थीले आगलागीको घटना न्यूनिकरण गर्न प्रतिकार्यमा जुट्न निर्देशन जारी गरेकाे मन्त्रालयका सचिव लालबावु कवारीले जानकारी दिए ।

मन्त्री पन्थीले पिडितहरुलाई तत्काल राहतको व्यवस्थापनमा जुट्न, समन्वयको भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।‘जसरी आगोलागीका घटना घटेका छन् । यसले सबैलाई दुःखी बनाएको छ । विपत प्रतिकार्यमा सबै सरोकारवाला निकायहरुको बीचमा समन्वय र सहकार्य हुन जरुरी छ’मन्त्री पन्थीले भने । ,‘प्रदेश तहबाट हुने समन्वय, सहकार्य तीब्र बनाउछौं । संघ सरकार संग थप बजेटको लागी आग्रह गरेका छौं । स्थानीय सरकार संग निरन्तर समन्वय गरेर आगोलागीको विपत् न्यूनिकरण गर्न स्थानीय नागरिकको परिचालनलाई प्रभावकारी बनाउन जरुरी मन्त्री पन्थीले भने ।

मुख्यमन्त्री महराले मन्त्री पन्थीलाई यही बैशाख ६ गते विना बिभागीय मन्त्रीको रुपमा नियुक्त गरेका थिए भने बैशाख १२ गते उहाँलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको रुपमा जिम्मेवारी तोकेका थएि । मुख्यमन्त्री महराले गृह मन्त्रालयको नाम खारेज गरी आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय नामाकरण समेत गरेका छन् । यसअघि पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गृह मन्त्रालय बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे