LISTEN LIVE RADIO

हरियाली सहकारीले लमही ग्रिनपार्कमा बनायो विश्राम स्थल सहितको छाता : पर्यटकहरू आकर्षित



हरियाली सहकारीले लमही ग्रिनपार्कमा बनायो विश्राम स्थल सहितको छाता : पर्यटकहरू आकर्षित
लमही १४ वैशाख । लुम्बिनी प्रदेशको राजधानी स्थल दाङको लमही नगरपालिकामा रहेको निकै रमणीय र सुन्दर जैविक विविधता पार्क अजम्मरी सामुदायिक वन भित्र रहेको छ ।
देउखुरीको लमही नगरपालिका—५ लमही बजार तथा पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा अजम्मरी सामुदायिक वन भित्र जैविक विविधता ग्रिन पार्क पर्दछ । त्यही ग्रिनपार्क भित्र हरियाली बचत तथा ऋण सहकारी संस्थाले विश्राम स्थल सहितको छाता निर्माण गरिदिएको छ । झवाट्ट हेर्दा कपडाको जस्तो देखिने छाता कुनै प्रकारको कपडाको नभई फलामै फलामले बनेको छ । ग्रिनपार्कको पश्चिम गेटबाट छिर्ने वित्तकै सुरूमै विश्राम स्थल सहितको छाता रहेको छ । त्यही छाता हेर्न र फोटो खिचाउन तथा विश्राम गर्न आन्तरिक तथा बाह्यय पर्यटकहरू आउन थालेका छन् ।  ग्रिनपार्क भित्र बनेका विभिन्न संरचना मध्ये छाताले हरेक पर्यटनको मन लोभ्याउन थालेको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रधान कार्यालय रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाले १ लाख ८४ हजार ५ सय ५८ रूपैयाँको लगानीमा सो छाता सहितको विश्राम स्थल बनाएको हो ।
नवनिर्मित विश्राम स्थल सहितको छाता उद्घाटन तथा हस्तान्तरण 
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रधान कार्यालय रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाले देउखुरीको लमही नगरपालिका—५ को अजम्मरी सामुदायिक वन भित्र रहेको जैविक विविधता ग्रिनपार्कमा निर्माण गरेको विश्राम स्थल सहितको छाता उद्घाटन तथा हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष रेशमबहादुर थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलको प्रमुख तथा
लुम्बिनी प्रदेश सहकारी महाशाखा प्रमुख कालिदास बस्यालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सहकारी सिद्धान्तको साताै सिद्धान्तको पालना नगरे समाज विग्रिने भएकोले कस्तो समाज बनाउने, सचेतना प्रदान गर्ने कुरा, पुर्वधार विकासको कुरा, बालबालिकालाई शिक्षा दिने कुरामा पनि सहकारी संस्थाको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । त्यस्तै उनले आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रको विकासका लागि पनि सहकारी संस्थाको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् ।
सो अवसरमा लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश ठेडी मगर, अजम्बरी सामुदायिक वन लमहीका अध्यक्ष पवन शर्मा रिजाल, संस्थाका वरिष्ठ सल्लाहकार शिवध्वज मल्ल र पत्रकार राधेश्याम गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राधा पाण्डेले गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे