LISTEN LIVE RADIO

काेराेना सङ्क्रमणबाट दाङका दुई जनाकाे बाँकेमा मृत्यु, मृतककाे संख्या ३३ पुग्याे



काेराेना सङ्क्रमणबाट दाङका दुई जनाकाे बाँकेमा मृत्यु, मृतककाे संख्या ३३ पुग्याे

दाङ १९ मंसिर । दाङका थप दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे