LISTEN LIVE RADIO

औलो संक्रमणमा लुम्बिनी प्रदेश देशकै उच्च जाेखिममा, रोग उन्मुलन थप चुनाैती बन्दै 



औलो संक्रमणमा लुम्बिनी प्रदेश देशकै उच्च जाेखिममा, रोग उन्मुलन थप चुनाैती बन्दै 
भालुवाङ १३ बैशाख । बाल मृत्युदर र कुपोषणको उच्च जोखिममा रहेको लुम्बिनी प्रदेश औलोबाट पनि जोखिममा देखिएको  छ । नेपालकै कुल औलो रोगीहरु मध्ये सबैभन्दा बढी संक्रमित लुम्बिनी प्रदेशमा रहेकाे एक तथ्यांकले देखाएकाे छ । अहिले लुम्बिनीमा ६० प्रतिशात  औलोका बिरामी लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
विश्व औलो दिवसका अवसरमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले दाङ-देउखुरीको भालुबाङमा  बिहिवार पत्रकारहरू संगको अन्तर्क्रियामा  देशभरिको औलो रोगीको तथ्यांक मध्ये  ६० प्रतिशत लुम्बिनीमा रहेको स्वास्थ्य निर्देशनालयका फाेकल पर्सन खिमलाल पाण्डेले जानकारी दिए । फाेकल पर्सन पाण्डेका अनुसार यस आर्थिक बर्षकाे अहिले सम्म नेपालमा १८ जना औलोका स्थानीय  र ५ स ५६ वटा आयातित औलोका रोगी  देखिएका छन् । जसमध्ये लुम्बिनी  प्रदेशमा १० जना स्थानीय र २ सय २१ जना आयातित  बिरामी  रहेको निर्देशनालय फाेकल पर्सन पाण्डेले जानकारी दिए ।
जसमा लुम्बिनी  प्रदेशमा पनि सबैभन्दा बढी बाँके र दाङ जोखिममा देखिएको उनले बताए । बाँकेमा  १  स्थानीय,१ सय १८ आयातित, लमहीमा ३ वटा स्थानिय र रुपन्देहीमा १ स्थानीय लगायत रुकुम बाहेकका सबै जिल्लाहरूमा केहीमा स्थानीय  केहीमा आयातित रोगीका बिरामी रहेको फाेकल पर्सन पाण्डेले जानकारी दिए । लुम्बिनीको तथ्यांकले नेपाल सरकारले अगाडी सारेको सन २०२५ सम्म औलो  रोग उन्मूलनको रणनीति माथि  चुनौती थपिएको लुम्बिनी प्रदेश निर्देशनलयका प्रमुख निर्देशक डा.बिनोदसिंह गिरीले बताए । उनले औलो रणनीतिक योजना सन् २०१४/२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताउँदै त्यसका लागि राजनैतिक प्रतिदद्दता जरुरी रहने बताए । उनले संक्रमण नियन्त्रणका लागि सबै पक्ष जागरुक हुनुपर्ने बताए ।
यस औलोकाे स्थानीय भन्नाले स्थानीय स्थरमै लामखुट्टेको टोकाइबाट सरेको रगत  परिक्षण  गर्दा देखिएको रोग हो भने आयातित भन्नाले भारतबाट  फर्केकाहरुमा रगत परिक्षणबाट देखिएका हुन् ।  गत बर्ष नेपालमा २३ जना स्थानीय र ५ सय ५ जना आयातित संक्रमित देखिएका थिए । गत बर्ष भन्दा स्थानीय रोगी केही कमी देखि पनि आयातित भने बढेको देखिन्छ । लुम्बिनी  प्रदेशमा कुल ९२ हजार ६ स ५२ जनाको रगत परिक्षण गरिएको डाक्टर सिंहले  बताए ।
संक्रमण बढ्नुमा जनवायु परिवर्तन संगै विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले पहाड र हिमाल सम्म पुगेको तथ्यांक सार्वजनिक भएको छ । सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि रोग फैलिन थालेको हो । विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ । जोखिम बढेपछि माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नाेदनारायण चाैधरीले जानकारी दिए । उनले संक्रमण कम गर्न सोही लक्ष्यअनुसार लुम्बिनी प्रदेशमा पनि तीव्ररूपमा नियन्त्रणको कार्यक्रम भइरहेकोे बताए ।
उनले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताए । साथै उनले प्रदेशले केही नितिगत रुपमा  केही कार्यक्रम  गरेको बताउदै स्थानीय  सरकारलाई जनचेतना  अभियान देखि जनस्तरमा सम्म पुग्ने गरि काम गर्न सघबाट बजेट  पठाएको बताए । आज बिहीबार “औलाे विरुद्धको लडाइलाई तिब्रता  दिऔ, समानता मुलक पहुँचको सृजना” गरौ भन्ने मुलनारा सहित विश्व औलो दिवश मनाइएको छ । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत दुई दर्जनबढी पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे