LISTEN LIVE RADIO

थारू समुदायको इतिहास तथा पहिचान बचाउन आवश्यक छ : सांसद चाैधरी



थारू समुदायको इतिहास तथा पहिचान बचाउन आवश्यक छ : सांसद चाैधरी

भालुवाङ १४ वैशाख । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले थारू समुदायको इतिहास तथा पहिचान हराउँदै जान थालेकोले त्यसको संरक्षणमा थारू समुदाय लाग्नुपर्ने बताएका छन् ।थारू कुरिहा समाज संघ दाङ देउखुरीको १७ औं वार्षिक साधारणसभा तथा सम्मेलनलाई शुक्रबार राजपुर गाउँपालिका- २ गहिरामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । संघका अध्यक्ष श्यामबहादुर चाैधरी एवम् लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक तथा आर्थिक प्रतिवेदन संघका उपाध्यक्ष पुरन चाैधरीले प्रस्तुत गरेका थिए । सहसचिव अक्षयकुमार चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता,  थारू कुरिहा समाज टिकापुर कैलालीका धनिराम चाैधरी, कैलालीका भगदेव चाैधरी, देउखुरी हसनापुरका लालमणी चाैधरी, संघका सचिव दयाराम चाैधरी, थारु कुरिहा समाज संघ वंशावली पुस्तकका सम्पादक सुरेश चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका ५ जना जेष्ठ नागरिक र १ जना गाउँ प्रधानलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा १०३ वर्षिय भरथरी चाैधरी, १०१ वर्षिय रामप्रसाद चाैधरी, ८६ वर्षिय बलकिसुन चाैधरी, ८१ वर्षिय कसिराम चाैधरी र  ८० वर्षिय छोटलाल चाैधरी रहेका उनीहरूलाई फूलमाला, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो भने छोट्की सिसहनियाँमा गाउँ प्रधान श्याम बहादुर चाैधरीलाई सम्मान स्वरूप छाता र चप्पल प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन मन्नी चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे