LISTEN LIVE RADIO

राप्ती-३ खुरुरीया जग्गा नापजाँच प्रकरण : गाउँपालिकाद्वारा छानबिन समिति गठन



राप्ती-३ खुरुरीया जग्गा नापजाँच प्रकरण : गाउँपालिकाद्वारा छानबिन समिति गठन

भालुवाङ १४ वैशाख । दाङ – देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीयामा जग्गा नापजाँचका नाममा गाउँपालिकाका केही कर्मचारी र जनप्रतिनिधिहरू मोटो रकम असुल गरेको आरोप लागेपछि सो विषयमा सत्यतथ्य छानबिन गर्न गाउँपालिकाले एक छानबिन समिति गठन गरेको छ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले वडा नम्बर ५ का वडा अध्यक्ष तथा शुसासन समितिका संयाेजक देव प्रसाद चौधरीकाे संयाेजकत्वमा ७ सदस्य छानबिन समिति गठन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् ।

जसको सदस्यहरुमा गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी, १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ३ नम्बर वडा अध्यक्ष उमेश अधिकारी, ४ नम्बर वडा अध्यक्ष विर बहादुर चौधरी, कार्यपालिका सदस्य गिता चौधरी र प्रशासन शाखा प्रमुख विकास ज्ञवाली रहेका छन् ।

गाउँपालिका द्वारा गठित छानबिन समितिलाई साे विषयकाे बारेमा विस्तृत अध्ययन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न समयावधि दिएको प्रवक्ता चाैधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे