LISTEN LIVE RADIO

नीति नियम बनाउने सांसदहरुले अपाङमैत्री कार्यक्रम ल्याउन नसकेको गुनासो



नीति नियम बनाउने सांसदहरुले अपाङमैत्री कार्यक्रम ल्याउन नसकेको गुनासो

भालुवाङ १८ मंसिर । अपाङ्ग दिवस विशेष म्यासेन्जर समुहले बुधवार २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल अपाङ पुर्नस्थापना केन्द्र झिगौराका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद महेश रिजालको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देशको नीति नियम बनाउने सांसदहरुले अपाङमैत्री कार्यक्रम ल्याउन नसकेकोमा दुख व्यक्त गरेका छन् । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरु पनि सपाङग व्यक्तिहरु सरह काम गर्न सक्ने भएकाले राज्य स्तरबाटै क्षमताका आधारमा काम दिनुपर्ने, सञ्चार माध्यमहरुले पनि अपाङग पत्रकारहरुलाई काम दिनु पर्ने बताएका दिए ।

साथै उनीहरुले राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई दिनुपर्ने सेवा सुविधा अझै पनि सोचे अनुसार दिन नसकेको आरोप लगाएका थिए । पत्रकार ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकारहरु जमिर शाहा, भिसुन शाही, अरुण पौडेल लगायतले आ आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विरेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे