LISTEN LIVE RADIO

करङ्गेकोट र चित्रीकोटमा खानेपानी आयोजना पुगेपछि स्थानीयहरु हर्षित



करङ्गेकोट र चित्रीकोटमा खानेपानी आयोजना पुगेपछि स्थानीयहरु हर्षित

सिसहनियाँ २७ चैत्र । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ को विकट पहाडी गाउँ करङ्गेकोट र चित्रीकोटमा खानेपानी आयोजना पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । कादुरी संस्थाले एक घर एक धारा जडान गर्ने योजना अनुसार संस्थाले करिव २ सय ७५ मिटर तलबाट सोलार पम्पीङ मार्फत घर घरमा खानेपानी पु¥याएको हो ।

कादुरी एग्रीकल्चर एशोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । आयोजना सम्पन्न भएपछि यस क्षेत्रको वर्षौ देखिको खानेपानीको चरम समस्या समाधान सँगै १ सय २३ घरधुरीका करिव ७ सय ५६ जनसख्या प्रत्येक्ष लाभन्धित भएका छन् ।
कादुरी संस्थाको १ करोड ३० लाख ३५ हजार १ सय ९२ रुपैयाँ १५ पैसा र स्थानीय उपभोक्ताहरुको २७ लाख १७ हजार ७ सय १० रुपैयाँ बराबरको श्रमदान गरी कुल १ करोड ५७ लाख ५२ हजार ९ सय २ रुपैयाँ १५ पैसाको लागतमा आयोजनाको निमार्ण कार्य सम्पन्न भएकोे करङ्गेकोट चित्रीकोट सोलार पम्प खानेपानी योजनाका अध्यक्ष चित्रबहादुर थापामगरले जानकारी दिएका छन् ।

उक्त आयोजनामा १ इन्टेक, १ कलेक्सन च्याम्बर, ४ रिर्जम्र्वायर टैंक, १ कलेक्सन टंकी मार्फत खानेपानी वितरण गरिएकोे छ । आयोजनामा ४ वटा सार्वजनिक धारा सहित कुल १ सय २७ धाराहरु जडान गरिएकोे छ । आयोजनाको कार्य २०७७ मंसिर ८ गते देखि सुरु भई २०७७ चैत्र २४ गते सम्पन्न भएको हो ।
यसै बीच उक्त आयोजनाको बिहिवार उद्घाटन गरिएको छ ।

आयोजनाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन् । करङ्गेकोट चित्रीकोट सोलार पम्प खानेपानी योजनाका अध्यक्ष चित्रबहादुर थापामगरको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष सुवेदीको प्रमुख आतिथ्यता र ब्रिटिस गोरखा वयल्डफियर बुटवलका सिनियर ए डब्लु सि यमबहादुर रानामगरको विशिष्ट आतिथ्यतामा आयोजनाको उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे