LISTEN LIVE RADIO

राप्ती र गढवा उद्योग वाणिज्य संघका पदाधिकारी सम्मानित



राप्ती र गढवा उद्योग वाणिज्य संघका पदाधिकारी सम्मानित

लमही २७ चैत्र । देउखुरी उद्योग वाणिज्य संघ लमहीले देउखुरीका दुई वटा उद्योग वाणिज्य संघका नव निर्बाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
संघले लमहीमा एक कार्यक्रमको आयोजना गरी राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र गढवा उद्योग वाणिज्य संघका नव निर्बाचित पदाधिकारीहरुलाई फुलमाला, टिका र खादा ओढाएर स्वागत तथा सम्मान गरेको हो ।

संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्ष्यता एवम् संघका निबर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन महासचिब ओमप्रकाश बस्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे