LISTEN LIVE RADIO

बिरामीलाई सहयोग गर्दै आशाका किरण : ब्रेन टयुमरकी बिरामी जानकीलाई ५ हजार ५ सय सहयोग



बिरामीलाई सहयोग गर्दै आशाका किरण : ब्रेन टयुमरकी बिरामी जानकीलाई ५ हजार ५ सय सहयोग

भालुवाङ १५ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको आशाका किरण संस्थाले गरिव तथा विपन्न परिवारका उपचार गराउन नसक्ने बिरामीहरूलाई सहयोग गर्दै आएको छ।

स्वास्थ्य, शिक्षा तथा सामाजिक कार्यमा क्रियाशील रहेको यस संस्थाले शनिबार राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला सुकुम्बासीमा बस्दै आएकी ३९ वर्षिय ब्रेन ट्युमरकी बिरामी जानकी परियारलाई उनकै निवासीमा पुगि उनको उपचारका ५ हजार ५ सय सहयोग गरेको छ । कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत परियारलाई कुवेतमै भएका बेला एक्कासी बिरामीले च्यापेपछि नेपाल आएर चेकजाँच गर्दा ब्रेन ट्युमर देखिएको थियो । उनले आफ्नो उपचारका लागि सहयोगीदाता र केही आफूले कमाएको १६/१७ लाख रूपैयाँ खर्च गरेर अप्रेशन गरेकी जानकी परियारको फेरि ब्रेन ट्युमर बल्झिएको छ ।

अहिले उनको उपचार गराउने पैसा नहुँदा छटपटाईरहेकी छिन् । जानकी परियारको जीवन रक्षाका लागि परिवारले सवैमा आग्रह समेत गरेको छ । उनलाई सहयोग गर्न चाहानेले जानकी परियारको सांग्रिला डेभलपमेन्ट बैंकको बैंक खाता नम्बर ०१८११५००४७६३१००००००१ मा सहयोग गर्न सक्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे