LISTEN LIVE RADIO

लमहीकाे अजम्बरी सामुदायिक वन भित्रको अवैध टहरा हटाउन सुरु



लमहीकाे अजम्बरी सामुदायिक वन भित्रको अवैध टहरा हटाउन सुरु

लमही २७ चैत्र । लमही नगरपालिका वडा नम्बर ५ लमही बजारको मुटुमा रहेको अजम्बरी सामुदायिक वन भित्र अबैध रुपमा निर्माण गरिएको टहरा बिहिवार देखि हटाइन थालिएको छ ।

सामुदायिक वनले अबैध रुपमा निर्माण गरेर नर्सरी निर्माण गरेर व्यापार गर्ने कार्य अगाडि बढाउन थालेपछि सरोकारवालाहरुले चर्को बिरोध गरेपछि समितिले आफै दुई जना कर्मचारी खटाएर हटाउन थालिएको हो । गत केही दिन उक्त टहरा निर्माण कार्य गरिरहेको समयमा चौतर्फी रुपमा बिरोध भएपछि सो कार्य डिभिजन बन कार्यालय सम्म उक्त कुरा पुगेको थियो ।

समितिका अध्यक्ष, डिभिजन बन कार्यालयका कर्मचारी र पत्रकारको उपस्थितिमा टहरा खाली गर्ने सहमति बमोजिम सो काम सुरु भएको हो ।
यसै बिच आफु संग छलफल तथा सरसल्लाह बिना एकलौटी रुपमा टहरा भाडा लगाउने निर्णय गरेको भन्दै समितिले मनोमानी तरिकाले चल्न खोजेको भन्दै समितिका सदस्य पदका देबमणि चौधरीले राजिनामा दिएका छन् ।

उनले डिभिजन तथा सब डिभिजनका बोदार्थ पठाएर राजिनामा जानकारी दिएका हुन् । उनले चैत्र २२ गते देखि लागु हुने गरि सदस्य पदबाट राजिनामा पेश गरेको भएता पनि सब डिभिजन बन कार्यालय लमही देउखुरीले उनको पत्र चैत्र २३ गते मात्रै स्वीकृत गरेको सब डिभिजन वन कार्यालय लमहीका अधिकृत छोटेलाल चौधरीले बताए । साथै उनले राजिनामा दिएपछि समितिले आम भेला डाकेर मात्रै सदस्य छान्न पाउने ब्यबस्था रहेको चौधरीले बताए । देउखुरीमा जम्मा १५६ वटा सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे