LISTEN LIVE RADIO

देउखुरीकाे हाडबासमा आगलागी हुँदा दुई दर्जन घर जलेर नष्ट, आगाे नियन्त्रणमा लिने प्रयास जारी



देउखुरीकाे हाडबासमा आगलागी हुँदा दुई दर्जन घर जलेर नष्ट, आगाे नियन्त्रणमा लिने प्रयास जारी

देउखुरी १६ बैशाख । दाङ-देउखुरीको राजपुर गाउँपालिका-७, हाडबास गाउँमा आगलागी हुँदा दुई दर्जन बढी घर जलेर नष्ट भएका छन् । गाउँमा रहेका २५ घरमध्ये अहिले सम्म २४ घर आगलागीबाट जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ ।

गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न सकेको छैन । जसका कारण आगलागी नियन्त्रणमा लिन सकिएको छैन । आगाे नियन्त्रणमा लिने प्रयास जारी राखिएकाे छ ।

आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरू परिचालन भएपनि प्रयाप्त पानीकाे स्राेत नहुँदा र भाैगाेलिक कठिनाईका कारण आगाे नियन्त्रणमा ल्याउन कठिनाई भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे