LISTEN LIVE RADIO

देउखुरीका अति जीर्ण ५ वटा पुलको मर्मत संभार कार्य सुरु



देउखुरीका अति जीर्ण ५ वटा पुलको मर्मत संभार कार्य सुरु

लमही २७ चैत्र । देउखुरीका अति जीर्ण ५ वटा पुलको मर्मत संभार कार्य सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो ।

सडक बिभाग कार्यालय दाङको कुल ९५ लाखको लगानीमा ती पुलको मर्मत संभार कार्य सुरु भएको हो । जसमा देउखुरीको रिहार, अमिलया, सिमलतारा, कौडिया र भालुबाङ क्षेत्रको पुलको मर्मत हुने भएको हो ।

पुलको माथिल्लो भाग पुरै कामै नलाग्ने गरी बिग्रिए पछि पुल मर्मत कार्य सुरु गर्नु परेको सडक बिभागले जनाएको छ । निर्माण गरेको १० बर्ष पछि पुन ः मर्मत गर्न थालिएको हो । मर्मतको जिम्मा हरितारा कन्टक्सन प्रालि घोराही दाङले पाएको छ । भने जेष्ठ महिना भित्र सबै कार्य संम्पन्न गर्ने लक्ष्य लिएको प्रालिका सञ्चालक कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे