LISTEN LIVE RADIO

गढवामा खाद्य अधिकार ऐन कार्यान्वयनमा जोड दिन साझा सहमती



गढवामा खाद्य अधिकार ऐन कार्यान्वयनमा जोड दिन साझा सहमती

गढवा २७ चैत्र । फियान नेपाल तथा स्थानीय खाद्य अधिकार संजालको आयोजनामा बिहिवार देउखुरीको गढवा गाउँपालिकामा आयोजित एक कार्यक्रममा खाद्य अधिकार कार्यान्वयनमा जोड दिने साझा सहमती भएको छ ।

नागरिकको बाँच्न पाउने अधिकार–खाद्य अधिकार भन्ने मुल नाराका साथ खाद्य अधिकार ऐन कार्यान्वयन, योजना तर्जुमा तथा अनुगमनमा स्थानीय सरकारको भूमिका बिषयक अन्र्तक्रियामा गढवा गाउँपालिकाले खाद्य अधिकार कार्यान्वयन गर्ने कुरामा जोड दिने भएको छ ।

स्थानीय खाद्य अधिकार संजाल गढवाका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा अन्तरकृया गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँपालिकाका कुनैपनि नागरिकहरुलाई भोको राख्न नहुने गरि ऐन बनाएर कार्यान्वयनमा जाने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सडक, पुल पुलेसा र भौतिक बिकास मात्र समृद्धिको आधार नभएको बताउँदै खाद्य अधिकार र खाद्य संप्रभूता पनि मानव बिकास र समृद्धिको सुचांक भएको बताए । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले स्थानीय सरकारको तर्फबाट खाद्य तथा गुणस्तर बिभाग संगको समन्वय सहकार्यमा बजार अनुगमन र नियमनको पाटो संगै नागरिकलाई खाद्य अधिकारको बोध गराउने गाउँपालिकाको निती रहेको बताए ।

कार्यक्रममा फियान नेपालका क्षेत्रिय कार्यक्रम प्रबन्धक शुरेस कुमार गौतमले नागरिकको खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभूताका बिषयमा जानकारी गराएका थिए । नेपालको संबिधान २०७२ को धारा ३६ मा ब्यवस्था भए अनुसार फियान नेपालले देशब्यापी रुपमा खाद्य अधिकारको बिषयमा ऐन बनाएर कार्यान्वयन गर्ने कुरामा स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगीले योजना तर्जुमा र खाद्य अधिकारको योजना सम्बन्धमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे