LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङको अध्यक्षमा केसी १ सय ३५ मत ल्याएर बिजयी (नामावली सहित)



पत्रकार महासंघ दाङको अध्यक्षमा केसी १ सय ३५ मत ल्याएर बिजयी (नामावली सहित)

दाङ २७ चैत्र । नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा दुर्गालाल केसी निर्वाचित भएका छन् । महासंघको हिजो भएको निर्वाचनमा केसीले सयुंक्त प्यानलका लक्ष्मी आचार्यलाई ११ मतले पछि पार्दै निर्वाचित भएका हुन्  ।

केसीले १३५ मत प्राप्त गरेका छन् भने आचार्यले १२४ मत प्राप्त गरेकी छिन् । यस्तै उपाध्यक्षमा सन्तोष सुवेदी बिजयी भएका छन् ।  संयुक्त प्यानलका सुवेदीले प्रतिद्वन्द्वी ओपेन्द्र बस्नेतलाई ६६ मतले पछि पार्दै १६२ मतका साथ बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी बस्नेतले ९६ मत प्राप्त गरेका छन्। त्यसैगरी महिला उपाध्यक्षमा बसुन्धरा गौतम निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी रन्जिता शर्मालाइ ८२ मतले पछि पार्दै गौतम १७६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी शर्माले ८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा संयुक्त प्यानलका आर के शितल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रेस चौतारी निकट गोकर्ण पौडेललाई ६९ मतले पछि पार्दै शितल १६२ मतका साथ निर्वाचित भएका छन् । पौडेलले ९३ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी सहसचिवमा दशरथ घिमिरे बिजयी भएका छन् । घिमिरेले प्रतिद्वन्द्वी राकेश बस्नेतलाई पछि १ मतले पार्दै १२८ मतका साथ बिजयी भएका छन् ।  बस्नेतले १२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै समावेशी सहसचिवमा दिप्तीशिखा चौधरी बिजयी भएकी छिन् । उनले प्रतिद्वन्द्वी देवी भण्डारीलाई ३ मतले पछिपार्दै १२९ मतका साथ निर्वाचित भएकी हुन्। भण्डारीले १२६ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै कोषाध्यक्षमा शरद रेग्मी बिजयी भएका छन् । रेग्मीले १३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेमविवश घर्तीले ११० मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरु महिला सदस्यमा उमा भण्डारी १५५ मतका साथ बिजयी भएकी छिन् । उनको निकटम प्रतिद्वन्द्वी मिन विश्वकर्माले ८८ मत प्राप्त गरेकी छिन् । दलित सदस्यमा गिरीराज नेपाली १५७ मतका साथ निर्वाचित भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी लक्ष्मण विश्वकर्माले ९८ मत प्राप्त गरेका छन् । त्यसैगरी आदिवासी जनजातिमा अन्जना चौधरी १५७ मतका साथ बिजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नविनकुमार चौधरीले ९८ मत प्राप्त गरेका छन् । मधेशी सदस्यमा दुखहरण यादव १५६ मतका साथ बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार गुप्ताले ९२ मत प्राप्त गरेका छन् । त्यसैगरी अन्य समावेशी सदस्यमा बिवेक खड्का १५७ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शिब घर्तीले १०० मत प्राप्त गरेका छन् । २० सदस्यीय नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मिश्रीत नतिजा आएको छ ।

त्यसैगरी खुल्ला सदस्यमा उदयी विसी १५६, कुलदिप न्यौपाने १५५, दिपक बोहरा १४८, यमकला भुषाल १४७ मतका साथ बिजयी भएका छन् । त्यसैगरी शिबराज खनाल १३९, प्रेम तिवारी १२९, जीवन नेपाली १२२ र सन्तोष केसी १२१ मतका साथ बिजयी भएका छन्।

त्यसैगरी केन्द्रीय खुल्ला परिषद सदस्यमा १४६ मतका साथ नरेन्द्र केसी बिजयी भएका छन् । त्यस्तै भुपेन्द्र प्रकाश वली १३३, हेमराज शर्मा १२४ र सुदर्शन रिजाल ११८ मतका साथ बिजयी भएका छन् ।

त्यसैगरी प्रदेश परिषद सदस्यमा बालराम खड्का १४३, लिलाधर वली १४१, गोविन्द खड्का १३८, बिमल गौतम र चेतन रेग्मी १२०÷१२०, लक्ष्मण बस्नेत ११३, छबि पुरी ११०, महेश रिजाल १०५ र अनन्त आरसी ९९ मतका साथ बिजयी भएका छन् । त्यसैगरी प्रदेश परिषद सदस्यमा शारदा शर्मा १४१, निमुसंगम घर्ती १३८, बिमला घर्ती १३६ मतका साथ बिजयी भएका छन् ।

त्यसैगरी लक्ष्मीमान चौधरी १३६, राधेश्याम गुप्त १२९, रिता लामा १२८,  सुधासुमन ढकाल १२३, देवबहादुर यादव १२२, कल्पना बिएम १२१ मतका साथ बिजयी भएका छन् । जिल्लामा कुल २७६ मतादाता मध्ये २६३ जनाले मतदान गरेका थिए ।

बुधबार भएको निर्वाचनमा चार मत बदर भएको निर्वाचन समितिका संयोजक सुदिप गौतमले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा कुल २५९ मत सदर भएको हो । २० सदस्यीय कार्यसमितका लागि ४० जनाको उमेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे