LISTEN LIVE RADIO

स्कुलकाे बस दुर्घटनाका मृतक र घाइतेहरुको विवरण खुल्याे, निजी विद्यालयहरुमा आज शोक बिदा



स्कुलकाे बस दुर्घटनाका मृतक र घाइतेहरुको विवरण खुल्याे, निजी विद्यालयहरुमा आज शोक बिदा

दाङ १० चैत । दाङ तुलसीपुरमा रहेको ज्ञानज्योती कलेजको बस आज बिहान दुर्घटना हुँदा तुलसीपुर-१८ गणेशपुर निवासी १९ वर्षिया सम्झना केसीको मृत्यु भएको कलेजले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । आज विहान ५ बजेर ४५ मिनेटमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ सरैया चोकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र २९ जना विद्यार्थी घाइते भएको कलेजले जानकारी दिएको छ।

घाइते मध्ये ६ जनाको बाँकेको कोहलपुर मेडिकल कलेज र अन्यको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । तर उनीहरुको अवस्था कस्तो छ भन्ने कुनै जानकारी खुलाइएको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले भने दुर्घटनामा परी ७ जना गम्भिर घाइते भएको जानकारी दिनुभएको छ ।

यस अघि  ईलाका प्रहरी कार्यालय तुलसीपुरले गलत सुचना  दिदा २ जनाको मृत्यु भएको खबर लेखिएकाे थियो । तर यहिले प्रहरीले फेरि एक जनाको मात्र मृत्यु भएको जानकारी दिएको छ। प्रहरीले नै गलत खबर दिएको हुँदा अन्यथा भएकोले समाचार सच्याइएको छ । ज्ञानज्योती कलेजको रा १ प ४३३ नम्बरको बस दुर्घटनामा परेको हो ।

यसै बीच पब्लिक ज्ञानज्योतिको प्लस टू मा अध्यनरत छात्रा संझना केसीको दूर्घटनामा मृत्यु भएको शोकमा मंगलवार जिल्लाका सबै निजी विद्यालयहरु शोक मनाउन विदा गरिएका छन् । निजी विद्यालयहरुको छाता संगठन जिल्ला प्याब्बसन दाङले जिल्लाका सबै विद्यालयहरुलाई शोक मनाउन भनेर एक दिन बिदाको घोषणा गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे