LISTEN LIVE RADIO

भवन उद्घाटन संगै दक्षिण देउखुरीको छैठौं साधारणसभा



भवन उद्घाटन संगै दक्षिण देउखुरीको छैठौं साधारणसभा

शिबराज पन्थी, गढवा १० चैत्र ।

देउखुरीको गढवा र राजपुरमा समुदायमा आधारित कार्यसंजाल संस्थाको रुपमा कार्यरत दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम सोमवार गढवाको बाँकीमा समपन्न भएको छ ।

मंञ्चका अध्यक्ष देवराज कुँँवरको अध्यक्षतामा भएको कार्यक्रममा सो संस्थाले २८ लाख ९७ हजारको लागतमा तयार गरेको नवनिर्मित भवनको बोर्ड अनावरण गरी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले समुदायका सिमान्तकृत वर्गलाई संगठित गरि उनीहरुको जिविकोपार्जनमा टेवा पुग्नेगरी दक्षिण देउखुरी अधिकार मंचले काम गरिरहेको बताए । स्थानीय सरकारको आशयलाई यो मंञ्चले समात्न सफल भएको भन्दै अध्यक्ष यादवले गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

दक्षिण देउखुरी अधिकार मंचले गढवा र राजपुर गाउापालिकामा कुल ९ सय २ जना सदस्य बनाएको,५ हजार ४ सय १२ जनसंख्यालाई लाभान्वित हुने कार्यक्रमहरु संचालन गरेको र ५ वटा मुल समितिहरु बनाएर ४३ वटा समुहहरु परिचालन गरेको अध्यक्ष देवराज कुँवरले जानकारी दिए । मञ्चको सो भवन निर्माणका लागि गढवा गाउँपालिकाले १० लाख, सहकर्मी समाजले १० लाख १० हजार र समुदायको आन्तरिक लगानी ८ लाख ८७ हजार रहेको कार्यक्रममा जानकारी गराइएको हो । यसैगरी उक्त भवन निर्माणका लागि १ कठ्ठा जग्गा गढवा ६ प्रगतिनगर निवासी लेखबहादुर थापा र द्रोणप्रसाद आचार्यले उपलब्ध गराए भएको भन्दै कार्यक्रममा जग्गादाता दुवैलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकर्मी समाज नेपालका कार्यकारी निर्देशक अमरबहादुर ऐर, गढवा उद्योग बाणिज्य संघका दिनमणि आचार्य, गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, नेकपा माओबादी केन्द्रका सर्बजित घर्तिमगर, जनता समाजवादी पार्टीका रिता यादव, राष्ट्रिय जनमोर्चाका गुणनिधि शर्मा, यादव समाज सेवा संघका मिन्तीराम यादव, नाम्सालिङ समाजका शसांक आचार्य, सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थी, जनप्रतिनिधी गोबिन्द ओली र स्थानीय समाजसेवी अंजिता चौधरी लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका सचिव शोभा रावतले संस्थागत प्रतिवेदन र लेखापाल पुजा चौधरीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मंञ्चका संस्थागत अध्यक्ष रामप्रताप यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिबकुमार चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे