LISTEN LIVE RADIO

तुलसीपुरमा मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने



तुलसीपुरमा मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

तुलसीपुर १० चैत्र । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबि तुलसीपुरको खेलमैदानमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २७ गते देखि सुरु हुुनेछ ।

तुलसीपुर क्षेत्रमा क्रीकेट खेलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलले जानकारी दिए । भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसीपुर क्षेत्रको क्रिकेटलाई मेयरकपका माध्यमबाट चलाएमान बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक माईकलले बताए ।

झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुने र खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ  । यसैबिच प्रतियोगिता ब्यबस्थापनको जिम्मा पाएको त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले यतिबेला आफ्नो तयारी लाई तिब्र पारेको छ  । उसले टिम सहभागिताका लागि पत्राचार, प्रचार प्रसार, खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारीलाई तिब्र पारेको त्रिशिदेश्वरी स्पोर्ट्स क्लब अध्यक्ष कमल डाँगीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे