LISTEN LIVE RADIO

राप्तीद्वार प्रिमियर लिगको उपाधी कालिका क्यापिटललाई



राप्तीद्वार प्रिमियर लिगको उपाधी कालिका क्यापिटललाई

भालुवाङ ३ चैत्र । देउखुरीको राप्ती गाउँपालिका—१ पाखापानीको खेलमैदानमा आयोजित राप्तीद्वार प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी कालिका क्यापिटल्स लालमटियाले हात पारेको छ । राप्ती गाउँपालिकाको सहयोगमा राप्तीद्वारा क्रिकेट क्लवले आयोजना गरेको खेलमा कालिका क्यापिटल्स लालमटियाले उपाधी हात पारेको हो ।

कालिका क्यापिटलले भालुवाङ नाइट राईडरलाई ६ बिकेटले पराजित गरेको छ । भालुवाङ नाईट राईडर र कालिका क्यापिटल बिचको म्याचमा टस जितेर भालुवाङ नाईट राईडरले पहिले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३३ रन बनाई १ सय ४४ रनको टार्गेट सेट गरेको थियो । १ सय ४४ रन बनाउने क्रममा मोहम्मद अजमदले सर्वाधिक ३६ रन, सुमनले ३० रन, याकुब मियाले २३ रन बाँकी खेलाडीले दोहोरो अंक पनि बनाउन सकेका थिएनन् त्यसै गरि बलिङ तर्फ भालुवाङका आशाराम चौधरीले ४ विकेट, सुमनले १, अर्जुनले १ विकेट लिएका थिए ।


कालिका क्यापिटल १ सय ४४ रनको लक्ष्य १६.१ ओभरमामा पुरा गरेको थियो । कालिका ब्याट्स म्यान मोहम्मद हुसेनले सर्वाधिक ७० रन र उमेश साहानीले २० रन बनाएका थिए । म्यान अफ द म्याच मोहम्मद हुसेन भएका थिए । यस सँगै खेलमा दोस्रो स्थान भालुवाङ नाईट राईडर, तेस्रो स्थानमा त्रिशुल किङस लालमटिया र मुललाइट टाइगर्सले सान्त्वना स्थान हासिल गरेको छ । विजेताहरुलाई क्रमश प्रथमलाई नगद रु ५० हजार मेडल,कप र प्रमाणपत्र, दोस्रोलाई नगद रु ३० हजार मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद रु ८ हजार र प्रमाणपत्र तथा चौथोलाई नगद रु ५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।


यसै बीच खेलको सोमवार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । क्लवका उपाध्यक्ष दुर्गाप्रुाद गुप्ताको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको खेल समापन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, पब्लिक एजुकेशन एकेडेमीका प्रिन्सिपल विक्रान्त ज्ञवाली, सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकेश आले मगर, पत्रकार सन्तोषकुमार गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तिर्थराज ज्ञवाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका सदस्य सुभास भुसालको स्वागत मन्तव्यबाट सुरु भएको खेल समापन कार्यक्रमको सञ्चालन हेमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे