LISTEN LIVE RADIO

प्रतिनिधिसभाको बैठक आज बस्दै : पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने



प्रतिनिधिसभाको बैठक आज बस्दै : पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाण्डाै ३ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने आजको बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

गएको फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेन । प्रतिनिधिसभामा अध्यादेश पेस गर्ने कि नगर्ने भन्नेबारेमा विवाद छ । हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर दलहरुबीच अध्यादेश पेस गर्ने विषयमा सहमति जुट्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे