LISTEN LIVE RADIO

लमही नगरपालिकाको ढिकपुरमा भएको आगलागीमा झण्डै १७ लाख बराबरको क्षती (अपडेट)



लमही नगरपालिकाको ढिकपुरमा भएको आगलागीमा झण्डै १७ लाख बराबरको क्षती (अपडेट)

लमही २ चैत । दाङ देउखुरीमा ६ वटा घरमा भएको आगलागीमा झण्डै १७ लाख बढीको क्षती भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) मा स्थानीय बल्लु चौधरीको घरमा सोमबार विहान १० बजे विद्युतको तार सट भई आगलागी भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

चौधरीको घरबाट सल्किएको आगोले अन्य ५ वटा कच्ची घरमा पनि आगलागी हुँदा सवैको घर पुर्णरुपले जलेर नष्ट भएको प्रहरीले बताएको छ । चौधरीको घरमा आगलागी हुँदा नगद र जिन्सी गरी ६ लाख ५ हजार बराबरको क्षती भएको छ । यसै गरी सर्जु चौधरी, प्रेमलाल चौधरी, दिनेश चौधरी, रेमशबहादुर बुढाको घर पनि जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको नगद , टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।

आगलागीबाट १६ लाख ९० हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । उक्त टोलमा करिव १२ घरधुरी रहेको बताइएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल तथा वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो । गार्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।

यसै बीच नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाले आगलागी पिडित परिवारलाई आजै राहत बितरण गरेको रेडक्रस लमहीले जनाएको छ । रेडक्रसले बल्लु चौधरी, दिनेश चौधरी, प्रेम चौधरी, सर्जु चौधरी र रेमशबहादुर बुढाको परिवारलाई खाद्यन्न बाहेक लत्ताकपडा, भाडाकुडा, त्रिपाल सहयोग गरेको शाखाका सभापति थानेश्वर गैलेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे