LISTEN LIVE RADIO

राप्तीद्वार प्रिमियर लिगमा आज भालुवाङ नाईट राईडर र कालिका लाइन्स बीच फाइनल खेल हुँदै



राप्तीद्वार प्रिमियर लिगमा आज भालुवाङ नाईट राईडर र कालिका लाइन्स बीच फाइनल खेल हुँदै

भालुवाङ २ चैत्र । राप्तीद्वार प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत सोमवार फाइनल खेल हुँदै छ । राप्ती गाउँपालिकाको सहयोगमा राप्तीद्वारा क्रिकेट क्लवले दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीको खेलमैदानमा आयोजना गरेको खेलमा आज बिहान ११ बजे देखि भालुवाङ नाईट राईडर र कालिका लाइन्स बीच फाइनल खेल हुन लागेको खेलाडी हेमराज अधिकारीले जानकारी दिएका छन् ।

यस अघि त्रिशुल किङ्स तेस्रो भइसकेको छ भने मुनलाइट टाइगर्स सान्त्वना भइसकेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु ३० हजार मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद रु ७ हजार मेडल र प्रमाणपत्र तथा चौथो हुनेले नगद रु ३ हजार मेडल र प्रमाणपत्र पाउने छन् । खेल आज बेलुका ३ बजे समापन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे