LISTEN LIVE RADIO

राप्ती उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि कार्की, खड्का र आचार्य चुनावी मैदानमा होमिदै



राप्ती उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि कार्की, खड्का र आचार्य चुनावी मैदानमा होमिदै

भालुवाङ १ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको नयाँ नेतृत्व चयनका लागि १ स्वतन्त्र सहित २ वटा प्यानल चुनावी मैदानमा जाने निश्चित जस्तो देखिएको छ । शनिवार भएको छैठौं साधारणसभा तथा अधिवेशनको बन्द सत्रले नयाँ कार्य समिति चयन गर्न नसकेपछि निर्वाचन हुने पक्कापक्की जस्तो देखिएको छ ।

निर्वाचनमा जानको लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राजमोको समर्थनमा संयुक्त प्यानल बनाई अध्यक्ष पदका लागि सुरज खडकालाई अगाडी सारेको छ । त्यस्तै जनता समाजवादी पार्टीले संघका निर्वतमान वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीलाई अध्यक्ष पदमा अगाडी सारेको छ । भने स्वतन्त्रबाट ऋषिराम आचार्य निर्वाचनमा होमिन लागेको बताइएको छ ।

यता निर्वाचन मण्डलले आगामी ६ दिनका लागि सहमतीमा आउन भन्दै समय दिएको निर्वाचन मण्डलका संयोजक टोपबहादुर झार्कीले जानकारी दिएका छन् । निर्वाचन मण्डलले भने सहमती गराउने प्रयास जारी राखेको छ । चैत्र ४ गते सम्म सहमतीमा नआए निर्वाचन तालिका प्रकाशन गर्ने निर्वाचन मण्डलका संयोजक टोपबहादुर झार्कीले जानकारी दिएका छन् । निर्वाचन मण्डलमा संयोजक झार्की सहित सदस्यहरु विनोद पाण्डे र चन्द्र खनाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे