LISTEN LIVE RADIO

लमही नगरपालिकाकाे ढिकपुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट



लमही नगरपालिकाकाे ढिकपुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट

लमही २ चैत्र । दाङ देउखुरीको लमहीमा आगलागी हुँदा  ६ वटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) मा सोमबार विहान १० बजे विद्युतकाे तार सट हुँदा ६ वटा खरका छाना भएको घरमा आगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिएका छन् ।आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल तथा वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो ।आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिएका छन् । आगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । गार्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे