LISTEN LIVE RADIO

राप्तीद्धारा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा भालुवाङ नाईट राईडर फाइनलमा प्रवेश



राप्तीद्धारा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा भालुवाङ नाईट राईडर फाइनलमा प्रवेश

भालुवाङ २९ फागुन ।  राप्तीद्वार प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता “RPL” अन्तरगत शनिबार भएको सेमी फाईनल खेलमा भालुवाङ नाईट राईडरले त्रिशुल किङ्सलाई स्तब्ध बनाएर फाइनल खेलमा प्रवेश गरेको छ ।

राप्तीद्वारा क्रिकेट क्लवको आयोजनामा दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीको खेलमैदानमा सञ्चालित खेलमा टस जितेर पहिले ब्याटिङ रोजी १९.५ ओभरमा १०४ रन बनाई १०५ रन को टारगेट सेट गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको त्रिशुल किङ्सले १९.२ मा सबै विकेट गुमाई ९५ रन बनाएको थियो ।

१० रनको जित निकाल्ने क्रममा ब्यटिङ तर्फ भालुवाङ नाईट राईडरका सुरेश र याकुब मियाले समान २७/२७ रन बनाएका थिए । बलिङ तर्फ अर्जुन र सुमनले  सर्बाधिक समान २/२  विकेट लिएका थिए। त्रिशुल किङ्स तर्फ कप्तान आशिष र रबिले सर्बाधिक समान २१/२१ रन बनाएका थिए।

त्यसै गरि बलिङ तर्फ रबिले ३ र बिजयले २ विकेट लिएका थिए । सर्बाधिक २७ रन र १ विकेट लिई याकुब मिया खेलको म्यान अफ द म्याच भएका थिए ।अब “RPL” को फाईनल म्याच चैत्र २ गते बिहान ८ बजे देखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे