LISTEN LIVE RADIO

स्वतन्त्र पत्रकार संघ दाङको अध्यक्ष सागर जिएम चयन



स्वतन्त्र पत्रकार संघ दाङको अध्यक्ष सागर जिएम चयन

दाङ २९ फागुन । स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखा अध्यक्षमा पत्रकार जीतसागर जिएम चयन भएका छन् । संघको शनिवार घोराही उपमहानगरपालिका–५ को धारापानीमा भएको दोस्रो अधिबेशनले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।

सात सदस्यीय कार्यसमितिमा अन्य सदस्यहरु संघको नियम अनुसार पछि थप गरिने भएको छ । स्वतन्त्रण पत्रकार संघ दाङ दाङका अध्यक्ष भुवन गौतमको अध्यक्षता तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबी मसालको प्रमुख आतिथ्यता एव पत्रकार बसन्धरा गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले हरेक पत्रकारहरुले समाचार लेख्दा स्वतन्त्र भएर काम गर्नुपर्ने बताएका थिए ।

साथै उनीहरुले स्वस्थ बिचार र निस्पक्ष समाचारका लागि हरेका पत्रकार स्वतन्त्र बन्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष मसालले कुनै पनि पत्रकार विचारबाट प्रभावित नभएर स्वतन्त्र रुपमा समाचार लेख्नुपर्ने बताए । उनले निष्पक्ष भएर लेख्दा जनताको आवाज बोल्ने समेत बताएका थिए ।

साथै उनले दाङमा स्वतन्त्र पत्रकारहरुलाई एक ठाउँमा ल्याएर पत्रकारिताको विकासका लागि पहल गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघका सचिव जीतसागर जिएमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे