LISTEN LIVE RADIO

गढवालाई छुवाछुत रहित गाउँपालिका बनाउन माग



गढवालाई छुवाछुत रहित गाउँपालिका बनाउन माग

गढवा १ चैत्र । गढवा गाउँपालिकाको सामुदायिक पुस्तकालयमा ४ दिन अघि देखि सुरु भएको दलित शसक्तिकरण तालिम गाउँपालिकालाई जातिय भेदभाव र छुवाछुत मुक्त गर्ने अभियान संचालन गर्ने प्रतिवद्धताका साथ समापन गरिएको छ ।

अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले आजको २१ औं सताब्दीमा जातिय भेदभाव र छुवाछुत जघन्य अपराध भएको भन्दै कानूनी प्राबधान बमोजिम गढवालाई जिल्लाकै पहिलो छुवाछत मुक्त गाउँपालिका बनाउन जरुरी भएको बताए ।

शसक्तिकरण अभियानले कार्यक्रम बनाएर गाउँपालिकामा पेश गरेमा छुवाछुत मुक्त गाउँपालिका बनाउन सभा तथा कार्यपालिकामा छलफल चलाउने प्रतिवद्धता उनले जाहेर गरे । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले गाउँपालिकालाई जातिय भेदभाव र छुवाछुत गाउँपालिका घोषणा गर्न छलफल चलाउने बताइन् । सो अवसरमा सहभागि सबैलाई प्रमाण–पत्र वितरण गरिएको थियो । चार दिन सम्म संचालन भएको सचेतिकरण क्षमता बिकास तालिमको प्रशिक्षकमा अधिकारकर्मि निर्मल नेपाली,मानव अधिकार तथा शान्ती समाज नेपालका क्न्द्रिय उपसभापति सुशिल बस्नेत र अधिबक्ता गोपाल नेपाली रहेका थिए ।

अभियानको कार्यालय उद्घाटन

गढवा गाउँपालिका स्तरीय दलित शसक्तिकरण अभियानको कार्यालय उद्घाटन गरिएको छ । अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा सुरु भएको समारोहमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष शान्ती चौधरी, वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल, दलित अधिकारकर्मी निर्मल नेपाली र अधिकारकर्मी तथा पत्रकार सुशिल बस्नेत लगायतले बोलेका थिए । कार्यक्रमको संचालन अभियानका कोषाध्यक्ष जया बिश्वकर्माले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे