LISTEN LIVE RADIO

दंगीशरण गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु



दंगीशरण गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु

दाङ २७ फागुन । दंगीशरण गाउँपालिकामा पालिका स्तरीय तेस्रो तथा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ बिहीवार देखि सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबि हेकुलीको संयोजनमा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरेकी छिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद चौधरीले बालबालिकाको चौतर्फी बिकासको बलियो आधार स्तम्भ खेलकुद भएकाले विद्यालय स्तरबाटै खेलकुदको बिकास गर्नुपर्ने बताइन् । खेल बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउने एक शसक्त माध्यम हो, शिक्षा सँगसँगै खेलकुदलाई पनि प्राथामिकतामा राख्नुपर्छ उनले भनिन् । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि खेलकुदको महत्वलाई सबैले बुझ्न तत्कालको आबश्यक्ता रहेको बताए ।

शिक्षण सिकाई क्रियाकलापमा खेल पनि एक महत्वपुर्ण सिकाई हो । जसले शारीरिक रुपमा विद्यार्थीकोे क्षमता बढाउने गर्छ त्यसैले हरेक विद्यालयले खेलकुदलाई पनि प्राथमिक्तामा राख्नुपर्दछ अध्यक्ष चौधरीले भने । यस्तै उपाध्यक्ष पिमाकुमारी खड्काले राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमले विद्यार्थीहरुमा खेल प्रतिको रुचि अझ बढाएको बताइन् । विरेन्द्र माबि हेकुलीका प्रधानाध्यापक खिमराज खनालको स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत आज बिहिवार ट्रयाक तर्फ १००, १५०० मिटर दौड छात्र÷छात्रा तथा फिल्ड तर्फ सटपट र लङजम्प छात्र÷छात्राका खेल सम्पन्न भएका छन् । १०० मिटर छात्र तर्फ बिरेन्द्र माबी हेकुलीका सुनिल सुनार प्रथम, माबी श्रीगाउँ शिवम् एरि दोस्रो र माबी मधपुरका टीकाराम परियार तृतीय स्थान हासिल गर्न सफल भए । त्यस्तै छात्रा तर्फ ज्ञानोदय इंलिस बोर्डिङ स्कुल कि यानु चौधरी प्रथम, माबी हेकुली कि खिमा बिक दोस्रो र माबी मधपुरकी चेतनाकुसारी तृतीय भए । त्यस्तै १५०० मिटर छात्र दौड तर्फ माबी मधपुरका वसन्तराज कुसारी प्रथम, ज्ञानोदय इंलिस बोर्डिङ स्कुलका करण नेपाली दोस्रो र माबी हेकुलीका लालबहादुर ओली तृतीय भए ।

त्यस्तै १५०० मिटर दौड छात्रा तर्फ माबी हेकुली कि टीका भुसाल प्रथम, माबी मधपुरकी अमृता खत्री दोस्रो र माबी श्रीगाउँ कि प्रतिमा ओली तृतिय भए । त्यस्तै सटपट छात्र तर्फ भानु माबी परसडुवाका चित्रबहादुर ओली प्रथम, माबी हेकुलीका राकेश घर्तीमगर दोस्रो र श्रीगाउँ लाईभ भिजन सिम्ठानाका जीवन भण्डारी तृतीय भए । त्यस्तै सटपट छात्रा तर्फ माबी हेकुली कि शोभा भण्डारी प्रथम, माबी परसडुवाकी अन्जिता चौधरी दोस्रो र ज्ञानोदय इंलिस बोर्डिङ स्कुलकी सुशिला चौधरी तृतीय स्थान हासिल गर्न सफल भए ।

यसैगरी लङजम्प छात्र तर्फ माबी मधपुरका करण चौधरी प्रथम, माबी हेकुलीका सुनिल परियार दोस्रो र माबी श्रीगाउँका शिवम् एरि तृतीय स्थान हासिल गर्न सफ भए । त्यसैगरी लङजम्प छात्रामा माबी श्रीगाउँका सुनिता डाँगी प्रथम, ज्ञानोदय स्कुलकी यानु चौधरी दोस्रो र माबी परसडुवाकी अन्जिता चौधरी तृतीय भए । जारी प्रतियोगितामा शुक्रबार बिहान २००, ८०० मिटर छात्र÷छात्र, कबडी, भलिबल लगायत खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे