LISTEN LIVE RADIO

प्रेमराज चौधरीले बनाएको लोगोलाई तुलसीपुर उपमहानगरपालिकाद्धारा सार्वजनिक



प्रेमराज चौधरीले बनाएको लोगोलाई तुलसीपुर उपमहानगरपालिकाद्धारा सार्वजनिक

तुलसीपुर २८ फागुन । तुलसीपुर उपमहानगरपालिकाले लोगो सार्वजनिक गरेकाेछ । आठौ नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले वनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा  सार्वजनिक गरिएको हो ।

उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरुलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आव्ह्वान गरिएको थियो । प्रतिष्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सुचि तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

कार्यपालिकाको ९८ औ बैठकले अन्तिम लोगो छनोट गरेको हो । उत्कृष्ट लोगो वनाउनलेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ । मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आव्ह्वान गरिएको हो ।  लोगो छनोट समितिमा निमित्त प्रशासकीय अधिकृत भाष्करराज गौतम, अशोक थारु, वसन्त आचार्य, बाबुराम न्यौपाने, देवराज विक, कुमार लामिछाने र विष्णु आचार्य रहेका थिए ।नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारीक लोगोका रुपमा अव प्रयोगमा ल्याइने बताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई बलियो वनाउने विश्वास लिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे