LISTEN LIVE RADIO

इन्टर रोटरी-रोट्रयाक्ट फुटसलको उपाधी तिनाउ सिटीलाई



इन्टर रोटरी-रोट्रयाक्ट फुटसलको उपाधी तिनाउ सिटीलाई

तुलसीपुर २२  फागुन । दाङको तुलसीपुरमा संचालित इन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ उपाधी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीले हात पारेको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्डमा शनिबार सम्पन्न फाईनल खेलमा रोट्रयाक्ट क्लब तुलसीपुरलाई ३ का विरुद्ध ११ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै तिनाउ सिटीले उपाधी हात पारेको हो ।

उपाधी संगै उसले नगद ३० हजार तथा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजय ब्यहोरेको रोट्रयाक्ट क्लब अफ तुलसीपुर उपबिजेतामा सिमित रहदै नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको थियो  ।

प्रतियोगिताको समापन समारोह रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिताका बिजेता, उपबिजेता तथा वेस्ट प्लेयर खेलाडी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीका प्रवेश क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथीले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसीपुर सिटीका महासचिव देवेन्द्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे