LISTEN LIVE RADIO

मायादेवी ग्रुप र त्रिशुल किङ्सको खेलमा मायादेवी ७ विकेटले विजयी



मायादेवी ग्रुप र त्रिशुल किङ्सको खेलमा मायादेवी ७ विकेटले विजयी

भालुवाङ २२ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीको खेलमैदानमा दोस्रो दिन शुक्रवार भएको प्रिमियर लिग प्रतियोगितामा मायादेवी ग्रुप र त्रिशुल किङ्स बीच भएको क्रिकेट खेलमा त्रिशुल किङ्सलाई ७ विकेटले हराउँदै मायादेवी ग्रुप विजयी भएको छ ।

राप्ती गाउँपालिकाको सहयोगमा राप्तीद्धारा क्रिकेट क्लवले आयोजना गरेको उक्त खेलमा त्रिशुल किङ्सले टस जितेर पहिला ब्याटिङ गरेको थियो । जहाँ सो टिमले निर्धारित २० ओभरमा १९.२ ओभर खेलेर सम्पूर्ण विकेट गुमाउँदै मायादेवी ग्रुप सामु ११७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तारा ज्ञवाली र विजय पौडेलको अम्पायरिङमा समापन भएको उक्त खेलमा त्रिशुल किङ्सका ब्याट्स म्यान आषिश थापाले ४७ बलमा ७६ रनको पारि खेलेका थिए ।

त्यसैगरी मायादेवी ग्रुपका होनहार बलर राजकुमार कुमालले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए । जहाँ ११८ रनको लक्ष्य पछ्याउँदै मायादेवी ग्रुपले २० ओभरको निर्धारित खेल खेलेर १७.३ ओभरमा नै लक्ष्य पूरा गरेको थियो । निकै रोमाञ्चक भएको उक्त खेलमा मायादेवी ग्रुप्सका अब्बल ब्याट्स म्यान साहिदले ५५ बलमा ७४ रनको नटआउट पारि खेलेर आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेले ।

राम्रो खेल प्रस्तुत गरेको टिम त्रिशुल किङ्सका बलर विजय पुनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिन सफल भएता पनि उक्त टिम पराजित हुन पुग्यो । मायादेवी ग्रुप सँग पराजित हुँदै त्रिशुल किङ्स पोइन्ट टेबलको तेस्रो स्थानमा रहेको छ भने विजयी हासिल गरेको टिम मायादेवी ग्रुप्स पोइन्ट टेबलको छैठौं स्थानमा रहेको छ ।

भालुबाङ्ग नाईट राइडर्सलाई ५८ रनले हराउँदै विजेता बन्यो मूनलाइट टाइगर्स

भालुबाङ्ग नाईट राइडर्स र मूनलाइट टाइगर्स बीच भएको क्रिकेट खेलमा मूनलाइट टाइगर्स विजेता बनेको छ । पाखापानीको खेल मैदानमा भएको उक्त खेलमा मूनलाइट टाइगर्सले भालुबाङ्ग नाईट राइडर्सलाई ५८ रनले हराउँदै जीत हासिल गर्न सफल भएको हो ।
मूनलाइट टाइगर्सले टस जितेर पहिला ब्याटिङ गरेको थियो ।

उक्त टिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भालुबाङ्ग नाईट राइडर्सलाई १८६ रनको लक्ष्य दिएको थियो । त्रिभुवन गुप्ता र हिरा घर्तीले गरेको अम्पायरिङमा मूनलाइट टाइगर्सका ब्याट्स म्यान रमेशले आफू र आफ्नो टिमको खातामा सर्वाधिक ५६ रन जोड्न सफल भएका थिए ।

त्यसै गरी भालुबाङ्ग नाईट राइडर्सका बलर आशारामले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिन सफल भए । १८७ रनको लक्ष्य पूरा गर्न मैदानमा उत्रेको टिम भालुबाङ्ग नाईट राईडर्सले २० ओभरको निर्धारित खेलमा १९.१ ओभर खेलेर सबै विकेट गुमाउँदै आफ्नो खातामा १२८ रन मात्रै जोड्न पुग्यो ।

जहाँ आशारामले सर्वाधिक २५ रनको पारि खेलेका थिए । त्यस्तै मूनलाइट टाइगर्सका बलर गिरीराजले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिइ टिमलाई जीत हासिल गराउन महत्त्वपूर्ण भूमिका खेले । मूनलाइट टाइगर्ससँग पराजित भएको टिम भालुबाङ्ग नाईट राइडर्स पोइन्ट टेबलको अन्तिम स्थान अर्थात् आठौं स्थानमा रहेको छ भने विजय हासिल गरेको टिम मूनलाइट टाइगर्स पोइन्ट टेबलको पहिलो स्थानमा रहन सफल भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे