LISTEN LIVE RADIO

घाेराहीमा नागरिक समाज दाङको साधारण सभा तथा अधिवेशन सम्पन्न



घाेराहीमा नागरिक समाज दाङको साधारण सभा तथा अधिवेशन सम्पन्न

घोराही २२ फागुन । नागरिक समाज दाङको साधारण सभा तथा अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ । समाजका संयोजक चन्द्रराज पन्थको अध्यक्षता तथा नागरिक समाज दाङका संस्थापक संयोजक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं पुर्व संयोजक टिकाराम रेग्मीको विशिष्ठ आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।

सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि संस्थापक संयोजक शर्माले लामो त्याग, तपस्या र संघर्षबाट प्राप्त भएको गणतन्त्र र संविधानको रक्षाको लागी नागरिक समाजले महत्वपुर्ण कदम चल्नुपर्ने बताए । देश विकासका लागी राजतिक दल आवश्यक भएपनि दलतन्त्र मौलाउदै जानु दुखद भएको बताए । दलमा लागेका व्यक्तिहरुको मात्रै संरक्षण हुने भन्दै स्वतन्त्र विचार भएका नागरिकले पनि संरक्षण पाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ठि अतिथी पुर्व संयोजक रेग्मीले नागरिक समाजले नेपालको राजनितिक र सामाजिक आन्दोनमा ठुलो योगदान गरेको भन्दै वर्तमान समयमा आफ्नो भुमिकालाई क्रियाशिल बनाउन सुझाव दिए । यस्तै समाजको स्थापना र विकास लागी महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थापक संयोजक शर्मा र पुर्व संयोजक रेग्मीलाई सम्मान गरिएको हो । समाजको संस्थागत प्रतिवेदन सचिव लक्ष्मी आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरीलाल विश्वकर्माले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे