LISTEN LIVE RADIO

संसद बिघटन बिरूद्ध भालुवाङमा जसपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, पत्रकार सहित तीन जना नेता गिरफ्तार, करिब दुई घण्टा पछि रिहा



संसद बिघटन बिरूद्ध भालुवाङमा जसपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, पत्रकार सहित तीन जना नेता गिरफ्तार, करिब दुई घण्टा पछि रिहा

भालुवाङ २५ माघ । संसद बिघटनका बिरूद्ध जनता समाजवादी पार्टीले आइतबार बेलुका लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ—देउखुरीको भालुवाङमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै एक जना पत्रकार सहित तीन जनालाई गिरफ्तार गरि करिब दुई घण्टा पछि रिहा गरेको छ ।

 

जसपाको पूर्व घोषित कार्यक्रम अन्तर्गत पधानमन्त्री ओलीको पुतला दहन तथा प्रदर्शन कार्यक्रम शुरू हुने बित्तिकै प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेरको ढकेलाढकेल पछि प्रदर्शनको रिपोर्टिङमा खटिका नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्तोषकुमार गुप्ता सहित जसपाका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, जसपा दाङ जिल्ला सचिवालय सदस्य रणप्रसाद सुवेदी र जसपा राप्ती गाउँपालिका अध्यक्ष गिरबहादुर जिएमलाई नियन्त्रणमा लिई करिब दुई घण्टापछि रिहा गरेको छ ।

प्रहरीले कार्यक्रम शुरु हुनुअघि प्रधानमन्त्री ओलीको पुतला नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे