LISTEN LIVE RADIO

सवारी दुर्घटना न्युनिकरणका लागि तुलसीपुरमा राखियो ट्राफिक डमी



सवारी दुर्घटना न्युनिकरणका लागि तुलसीपुरमा राखियो ट्राफिक डमी

दाङ २५ माघ। बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय दाङले तुलसीपुरका तीन स्थानमा डमी ट्राफिक प्रहरी राखेको छ । ‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने गरि वीरेन्द्र चोकमो डमी राखिएको हो ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिकको नियम पालना गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने र जनशक्ति अभावलाई समेत केही हदसम्म टार्ने भएकाले यो डमी पछिल्लो समय उपयोगि मानिएको छ ।

ट्राफिक चेतना जगाउने उद्देश्यले वीरेन्द्र चोक, बसपार्क जाने आरालोको पिपलवोट र बाहिनी चोकमा ट्राफिक जस्तै देखिने डमी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थमन जीसीले जानकारी दिए । डमीको जिल्ला प्रहरी प्रमुख एसपी गणेस चन्द, लुम्बिीनी प्रदेशका ट्राफि प्रमुख डम्बर विक र तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले संयुक्त रुपमा डमीको अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, नमस्ते यातायात प्रालिका अध्यक्ष बामदेव खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारी लगाएतले ट्राफिक नियमका पालना गर्न गराउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पछिल्लो समय जिल्लामा ट्राफिक ब्यबस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस अघि अव्यवस्थित रुपमा हुने पार्किङव्यवस्थापन गर्ने अभियान चलेको थियो । यसैबीच, रिर्पोटस क्लब दाङमा ट्राफिक व्यवस्थापन सम्बन्धी अनर्तक्रिया कार्यक्रम सम्पन्न भएको छ र सो अवसरमा यातायात व्यवसायीका प्रतिनिधी मजदुर र सरोकारवाला बीच अन्र्तक्रिया गरिएको हो ।

साथै कार्यक्रममा ट्राफिक व्यवस्थापन गर्न आइपर्ने चुनौति र सम्भावनाका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे