LISTEN LIVE RADIO

परिश्रम, धर्यता र आत्मविश्वासले मात्र सफल उद्यमी बन्न सकिन्छ : अध्यक्ष विष्ट



परिश्रम, धर्यता र आत्मविश्वासले मात्र सफल उद्यमी बन्न सकिन्छ : अध्यक्ष विष्ट

भालुवाङ १३ चैत । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले परिश्रम, धर्यता र आत्मविश्वासले मात्र सफल उद्यमी बन्न सकिने बताएका छन् ।

राप्ती गाउँपालिकाको आयोजना तथा तेजश्री प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा दाङ देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार देखि सुरु भएको दुई दिने उद्धमशीलता सम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । अध्यक्ष विष्टले सफल उद्धमी बन्न सकारात्मक सोच, कडा परिश्रम र आत्मविश्वास सँगै धैर्यता पनि नभए सम्म उद्यमी बन्न नसकिने बताएका छन् । गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरुलाई उद्धमशीलता सम्बन्धी तालिम प्रदान गरि स्वदेशमै उद्यमी बनाउने उदेश्य राखेको अध्यक्ष विष्टको भनाई रहेको छ । पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेपछि युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न गाउँपालिकाले विगतका वर्षहरु देखि नै उद्यम विकास तालिम दिन सुरु गरेको अध्यक्ष विष्टले बताएका छन् ।

त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले उद्धमशीलता सम्बन्धी आवेदन दिएका व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रम पश्चात् तत्काल उद्धमशीलता सम्बन्धी तालिम प्रदान गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले गाउँपालिकाले उद्धमशीलता कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधि समेत निर्माण गरेको बताएका छन् ।

गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरुलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरि उद्धमी बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । करिब ३ सय जना युवा तथा महिलाहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकहरुमा राष्ट्रिय युवा परिषदका सदस्य तथा आईएलओ प्रशिक्षक सन्दिप सापकोटा, पुष्पराज अधिकारी र ताराप्रसाद भुसाल रहेका छन् । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे