LISTEN LIVE RADIO

सिसहनियाँ होली कन्सर्टमा ढुंगा र बोत्तल प्रहार : १ जना घाइते १ जना पक्राउ



सिसहनियाँ होली कन्सर्टमा ढुंगा र बोत्तल प्रहार : १ जना घाइते १ जना पक्राउ

सिसहनियाँ १२ च‌ैत । दाङ देउखुरीको राप्ती गाउँपालिका- कालापानी दोलाई खोलामा सञ्चालित सिसहनियाँ होली कन्सर्टमा ढुंगा र बोत्तल प्रहार भएको छ ।

एम. एम विके . एल प्रालिले गत चैत १० गते देखि सुरू गरेको कन्सर्टको सोमबार अन्तिम दिन होलीका दिन राति करिव ७:३० बजेको समयमा युवाहरूको एक समुहले कन्सर्टको गेट तोडफोड गर्नुका साथै ढुंगा र बोत्तल प्रहार गर्दा भएको झडपमा परि राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका ३४ वर्षिय सुनिल चाैधरी घाइते भएका छन् । भने बोत्तल तथा ढुंगा प्रहार गर्ने राप्ती गाउँपालिका-४ माैरीघाट निवासी अन्दाजी २०/२२ वर्षका तोरण केसी पक्राउ परेका छन् ।

केसीलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले पक्राउ गरि इलाका प्रहरी कार्यालय भालुवाङ पठाएको छ । घाइते चाैधरीको टाउकोमा गहिरो चोट लागेको र ४ ठाउँमा टाका लगाइएको छ । उनको सिसहनियाँ स्वास्थ्य चाैकीमा उपचार पछि घर फर्किसकेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

ठाउँको नामको विषयमा सामान्य विवाद हुँदा सो आक्रमण भएको प्रहरीले बताएको छ । कार्यक्रम माथि आक्रमण भएपछि कलाकारहरूलाई सुरक्षित तरिकाले गन्तव्यमा पठाइएको छ भने कार्यक्रम समेत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे