LISTEN LIVE RADIO

उद्देश्य अनुसार ऋणको प्रयोग गर्नुस् : वडा अध्यक्ष गुरूङ



उद्देश्य अनुसार ऋणको प्रयोग गर्नुस् : वडा अध्यक्ष गुरूङ

भालुवाङ ६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले उद्देश्य अनुसार ऋणको प्रयोग गर्न महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन् ।आशा लघु वित्त वित्तीय संस्था शाखा कार्यालय सिसहनियाँले मंगलबार दाङको राप्ती गाउँपालिका ८ पिपरीमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । पछिल्लो समय गहना किन्न, विवाह तथा घरयासी प्रयोजनमा निकालिएको ऋण प्रयोग गर्दा महिलाहरू ऋणमा डुवेको घटनाहरू बेला बखतमा सुनिने गरेको वडा अध्यक्ष गुरूङले बताए । केन्द्र नम्बर ६९ का केन्द्र प्रमुख मिना कुमारी चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख सियाराम चौधरीले बताएका छन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी हवल्दार पटवारी चौधरी, समाजसेवी तथा बुद्धिजीवी टंकनाथ चौधरी र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको विशेष उपस्थिति रहेको थियो । संस्था तथा समुहका ९० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण अनुगमन अधिकृत धर्मराज दहाल, शाखा प्रमुख सियाराम चौधरी, कर्मचारी रामलाल चौधरी, शिवा कुमारी थारू, रिटिका चौधरीले गरेका थिए । कार्यक्रममा संस्थागत जानकारी तथा स्वागत शाखा प्रमुख सियाराम चौधरीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी रामलाल चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे