LISTEN LIVE RADIO

डा. महावीर पुन दाङको राप्तीमा पुस्तक बेच्दै : विरगंज कृषि औजार कारखाना सञ्चालन गर्ने धोको



डा. महावीर पुन दाङको राप्तीमा पुस्तक बेच्दै : विरगंज कृषि औजार कारखाना सञ्चालन गर्ने धोको

भालुवाङ ६ चैत । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आफ्नो आत्माकथा आधारित पुस्तक बेच्न दाङको देउखुरीमा रहेका छन् । ३० वर्ष देखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियान अन्तरगत डा. पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानका क्रममा यति बेला दाङको देउखुरीमा रहेका छन् ।

केहि दिन देखि उनी राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा पुस्तक बेचिरहेका छन्् निस्किएका छन् । प्रति पुस्तक ७ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको डा. पुनले बताएका छन् । जुन जुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका डा. पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा ७२ दिन बिताइसकेका छन् । ९ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको उनले बताए । औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।’ कारखाना सञ्चालन गर्न २०÷३० करोड खर्च लाग्छ त्यसका लागि ३ लाख जनतालाई किताव बिक्री गर्ने योजना बनाएको छु, उनले भने ।

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्य अनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।
पुनले काठमाडौँबाट सुरु गरेको महाअभियान दाङका विभिन्न शहर बजारमा पुगेर पुस्तक बिक्री गरिरहेका छन् । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको डा. पुनको आरोप रहेको छ । ‘बेरोजगारीलाई रोजगारी र अर्थतन्त्रलाई सबल बनाउनका लागि राज्यले उद्योग, कलकारखानामा लगानी बढाउनुपर्छ’, उनले भने, ‘सरकारसँग पैसा नभए पनि कारखाना सञ्चालन गर्ने जिम्मा लिएका हौँ ।’

‘राज्यले कलकारखाना खोल्नुपर्छ र लगानी गर्नुपर्छ । विकास निर्माणमा लगानी गरिएको छ, त्यसरी नै कलकारखानामा पनि लगानी बढाउनुपर्छ’, उनले भने, ‘कलकारखाना चलाएर मात्रै हुँदैन, परिणाम आउने गरी उद्योग सञ्चालन गर्न सक्नुपर्छ ।’ यति दिन घुम्ने भन्ने सीमा अवधि नतोकिएको भन्दै पुनले भने, ‘जसरी हुन्छ धेरैभन्दा धेरै पुस्तक बिक्री गर्ने लक्ष्यअनुरुप देशव्यापी दौरानमा निस्किएको छु ।’ उनका अनुसार हालसम्म ६५ हजार बढी पुस्तक बिक्री भइसकेको बताएका छन् । उनले राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ७ र ८ तथा गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ तथा लमही नगरपालिकाको विभिन्न स्थान सँगै घोराही र तुलसीपुरका विभिन्न बजार, संघसंस्था, स्कुल, कलेजहरुमा पनि पुस्तक बिक्री गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे