LISTEN LIVE RADIO

भालुवाङ- प्युठान सडक खण्डको बगासोतीमा सवारी दुर्घटना : २ जना घाइते



भालुवाङ- प्युठान सडक खण्डको बगासोतीमा सवारी दुर्घटना : २ जना घाइते

भालुवाङ ७ चैैत । दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् ।

प्युठान देखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिंदा भालुवाङ प्युठान सडक खण्डको बगासोतीमा दुर्घटना भएको हो ।

वुधवार बिहान राप्ती गाउँपालिका १ मा पर्ने वगासोतीमा भएको दुर्घटनामा परि मोटरसाइकल चालक सल्यान घर बताउँने ४८ वर्षिय खिम बुढा गम्भीर घाइते भएका छन् । उनको टाउको र मुखमा चोट लागेको छ ।

घाइते खिम वुढालाई भालुवाङ अस्पतालमा सामान्य उपचार पश्चात सि । टि स्क्यानका लागि वुटवल रिफर गरिएको भालुवाङ अस्पतालका डाक्टर सृजल श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलको पछाडी बसेका दाङ घर वताउँने २४ वर्षिय चितराम चौधरी सामान्य घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमै उपचार पश्चात घर पठाइएको छ । टाटा सुमोमा सवार सवै सकुसल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे