LISTEN LIVE RADIO

आदर्श नमुना मावि लालमटियाले सुचना प्रविधि विषयको तेस्रो सेमेष्टरमा नेपालकै उत्कृष्ट नतिजा ल्यायो



आदर्श नमुना मावि लालमटियाले सुचना प्रविधि विषयको तेस्रो सेमेष्टरमा नेपालकै उत्कृष्ट नतिजा ल्यायो

भालुवाङ ५ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयले डिप्लोमा इन्फर्मेसन टेक्नोलोजी (३ वर्षे सुचना प्रविधिको तेस्रो सेमेष्टरमा) नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

सिटिईभिटीबाट सम्बन्धन प्राप्त विद्यालयले सो विषय तर्फ तेस्रो  सेमेष्टरमा सम्मिलित नियमित तर्फ  ६३.३३ प्रतिशत र आंशिक तर्फ ९५.५ प्रतिशत सहित नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका आइटी इन्चार्ज तथा सहायक प्रधानाध्यापक यादव आचार्यले दावी गरेका छन् । नेपालका १६ वटा विद्यालयले ३ वर्षे सुचना प्रविधि विषय सञ्चालन गरेकोमा दाङको सो विद्यालयले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

विद्यालयले सो नतिजा ल्याउन सफल भएको भन्दै प्रधानाध्यापक किरण पोख्रेलले वर्तमान एवम् पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वर्तमान एवम् पुर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरु, राप्ती गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीहरु, शिक्षा शाखा प्रमुख, भौतिक निर्माण शाखा प्रमुख, मेहनती बिद्यार्थीहरु, परिश्रमी प्रशिक्षकहरु, सुचना प्रविधि विभाग प्रमुख लगायतलाई धन्यवाद दिएका छन् ।

यसै बीच सुचना प्रविधि विषयमा शैक्षिक सत्र २०८१ का लागि नयाँ भर्ना समेत खुलेकाले आफ्नो सिट सुरक्षित राख्न विद्यार्थीहरूलाई विद्यालय प्रशासनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे