LISTEN LIVE RADIO

देउखुरीकाे काैडियापुलमा बसले म्याजिक जीपलाई ठक्कर दियाे, एक जना गम्भीर घाइते



देउखुरीकाे काैडियापुलमा बसले म्याजिक जीपलाई ठक्कर दियाे, एक जना गम्भीर घाइते

देउखुरी ५ चैत । दाङ-देउखुरीकाे काैडिया पुलमा बसले म्याजिक जीपलाई ठक्कर दिंदा तीन जना घाईते भएका छन् । काठमाडाैँ देखि सुर्खेत जाँदै गरेकाे ना ७ ख ६०४८ नम्बरकाे बसले लमही देखि भालुवाङ तर्फ जाँदै गरेकाे रा १ ज ८१८ नम्बरको म्याजिक जिपलाई पूर्व-पश्चिम राजमार्गकाे लमही नगरपालिका-२, काैडियापुलमा ठक्कर दिंदा तीन जना गम्भीर घाइते भएका हुन् ।

बसकाे ठक्करबाट म्याजिक जीपमा सवार तीन जना गम्भीर घाईते भएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएकाे छ । गम्भीर घाईते हुनेमा राप्ती गाउँपालिका-५, सिसहनियाँ निवासी बर्ष ७८ का बिनाराम बेल्बासे , उहाँकी श्रीमती बर्ष ६७ की माेती बेल्बासे र राप्ती गाउँपालिका-३, मसुरिया निवासी बर्ष ३७ का चिन्तामणि घर्ती गम्भीर घाईते हुनु भएकाे वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

जस मध्ये माेती बेल्बासेलाई भने थप उपचारका लागि रिफर गर्ने तयारी भईरहेकाे प्रहरीले जनाएकाे छ । घाइते माेतीकाे टाउकाे लगायत शरिरकाे अन्य भागमा समेत चाेट लागेकाे छ । यस्तै जीप चालक राप्ती गाउँपालिका-५, लठ्ठहवा निवासी बर्ष ४० का थम्मन थापालाई भने समान्य चाेटपटक लागेकाे छ । उहाँकाे लमही अस्पतालमा उपचार भईरहेकाे छ ।

अन्य घाइतेकाे भने लमही अस्पतालमा उपचार भईरहेकाे बताईएकाे छ । तीब्र गति रहेकाे बसले ओभरट्याग गर्ने क्रममा बिपरित दिशामा गई जीपलाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बस र बस चालकलाई भने लमही प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे