LISTEN LIVE RADIO

पव्लिक एजुकेशन एकेडेमीको १६ औं वार्षिकोत्सब



पव्लिक एजुकेशन एकेडेमीको १६ औं वार्षिकोत्सब

भालुवाङ २ फागुन । पव्लिक एजुकेशन एकेडेमी १६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस एवम् सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष हिमानन्द पाण्डे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले इच्छा शक्ति भए शैक्षिक क्षेत्र सुधार गर्न सकिने बताएका छन् । त्यसका लागि उनले जनप्रतिनिधि एक्लैले मात्र नसक्ने बुँदा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र जनप्रतिनिधि सवै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

त्यस्तै उनले विद्यार्थीहरूलाई उद्मम सँग जोड्न जरूरी रहेको र त्यसका लागि विद्यार्थीहरूलाई सिर्जनशील कुराहरू सिकाउन आवश्यक रहेको बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले विद्यार्थीहरूले आफुले पढ्ने पैसा आफै कमाउने वातावरण सिर्जना गर्न पढ्दै कमाउँदै कार्यक्रम विद्यालयले सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले पढाईमा संस्कारयुक्त शिक्षाको पनि आवश्यक रहेको बताएका छन् । पढाईमा संस्कारयुक्त शिक्षा भएन भने समाज बिग्रिएर जानेमा आफु चिन्तित रहेको बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक फणिराम पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पत्रकार सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम पुरस्कार वितरण, उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी सम्मान तथा साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका मुना गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे