LISTEN LIVE RADIO

देउखुरीको पिपरीमा डबल क्याप स्कारपियोको ठक्करबाट साइकलमा सवार दिदीको मृत्यु, बहिनी गम्भीर घाइते



देउखुरीको पिपरीमा डबल क्याप स्कारपियोको ठक्करबाट साइकलमा सवार दिदीको मृत्यु, बहिनी गम्भीर घाइते

सिसहनियाँ २ फागुन । दाङको देउखुरीमा डबल क्याप स्कारपियोको ठक्करबाट साइकलमा सवार दिदीको मृत्यु भएको छ भने बहिनी गम्भीर घाइते भएकी छिन् ।

बुधबार बेलुका ४:१५ बजेको समयमा लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका- ८ पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे प्र ३-०१०२२ च १३६९ डब्बल क्याप स्कारपियाेले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सवार प्यूठान जिल्ला झिमरूक गाउँपालिका-८, गोवडी घर भई हाल राप्ती गाउँपालिका-८ पिपरी बस्ने सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत ३५ वर्षिय राधा बस्नेतको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भने बहिनी
२० वर्षिय बिपना केसी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

गम्भीर घाइते राधाको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते बहिनी सोही ठाउँ बस्ने विपनालाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । गाडी तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरी प्रारम्भिक अनुसन्धान गरेको छ । ठक्कर दिने गाडीका चालक फरार रहेका छन् । भने मृतकको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे