LISTEN LIVE RADIO

देउखुरी पिपरीमा भएको सवारी दुर्घटनामा परि दिदीबहिनीकै मृत्यु (अपडेट)



देउखुरी पिपरीमा भएको सवारी दुर्घटनामा परि दिदीबहिनीकै मृत्यु (अपडेट)

भालुवाङ २ फागुन । दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा परि एकै घरका दिदीबहिनी कै मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी बहिनी विपना केसीको पनि बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा डबल क्याप स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा सवार प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको यश अघि नै मृत्यु भइसकेको थियोे भने साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु बुटवलमा मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका–८ पिपरी नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३–०१्०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो। घाइते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल लगिएको थियो ।

मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । स्कारपियो गाडी तिब्र गतीमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ। मृतक राधा बस्नेत लमही स्थित सुनाखरी बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रूपमा कार्यरत रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे