LISTEN LIVE RADIO

गुरुकुल एकेडेमी तुलसीपुरको विधिवत् कानुनी प्रकृया पूरा, फागुन २ गतेदेखि शैक्षिक कार्यक्रम शुरु गर्दै



गुरुकुल एकेडेमी तुलसीपुरको विधिवत् कानुनी प्रकृया पूरा, फागुन २ गतेदेखि शैक्षिक कार्यक्रम शुरु गर्दै

घोराही २९ माघ । दाङकाे तुलसीपुरमा सञ्चालन हुन लागेकाे गुरुकुल एकेडेमी तुलसीपुरकाे सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालिस्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पूर्ण दर्ता प्रकृया पूरा भएको हाे । गुरुकुल एकेडेमी तुलसीपुर प्रा.लि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.५२४४६/०६४/०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत् रुपमा दर्ता भई स्थायी लेखा नं.(३०३३८३४३१) समेत प्राप्त भएको छ ।

यता तुलसीपुर उपमहानगरपालीकाको शिक्षा विकास महाशाखा तथा उप-महानगरपालिकामा पनि गुरुकुल एकेडेमी तुलसीपुर प्रालिको अभिलेख राखि सो को पत्र समेत प्राप्त गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । तुलसीपुरमा विद्यालय सञ्चालनको निर्णय सँगै भौतिक संरचना निर्माणको काम र कानुनी प्रकृयाको थालनी सँगसँगै भएको थियो ।

गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर क्षेत्रमा शैक्षिक हव बनाउने र पूर्ण मानव बनाउने उद्धेश्यले करिव १२ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको हो । यस क्षेत्रमा विभिन्न ऐतिहासिक योजनाका साथ विद्यालय सञ्चालनमा आउँदा यहाँका अभिभावक तथा विद्यार्थीहरुलाई निकै फाइदा पुग्ने स्थानीय बुद्धिजीवि तथा समाजसेवी विष्णुकुमार देवकोटाले बताए । उनले जुन शैक्षिक योजनाका साथ विद्यालय सञ्चालनमा आएको छ त्यो उद्धेश्य पूरा गर्नेमा विश्वास समेत गरे ।

विद्यालयले यहि फाल्गुन २ गते वसन्तपञ्चमीको अवसर पारेर ब्राह्मण राखी विधिवत् रुपमा अक्षरारम्भ समेत गराउँदै छ भने शैक्षिक सत्र २०८१ को लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रि रजिष्ट्रेशन समेत खुला गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । साथै उहाँले स्टेशनरी बाफतको शुल्क सहित प्रि रजिष्ट्रेशन गरे पछि भर्ना निःशुल्क हुने पनि बताए ।

विद्यालयमा सम्पर्कको लागि शनिवार समेत कार्यालय खुला रहने भएको हुँदा सहजै कार्यालयमा सम्पर्क गर्न समेत विद्यालयले सम्पूर्ण विद्यार्थि तथा अभिभावकहरुमा अनुरोध गरेको छ । विद्यालयले पठनपाठनको लागि आबश्यकता अनुसार तालिम प्राप्त दक्ष तथा अनुभवी जनशक्ति पनि तयार गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे