LISTEN LIVE RADIO

युवाहरुले सोचेको र समाजले खोजेको शिक्षा दिन आवश्यक छ : स्वास्थ्य मन्त्री खनाल



युवाहरुले सोचेको र समाजले खोजेको शिक्षा दिन आवश्यक छ : स्वास्थ्य मन्त्री खनाल

घोराही २९ माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिलेको अवस्थामा युवाहरुले सोचेको र समाजले खोजेको शिक्षा दिनु पर्ने अवस्था रहेकाे बताएका छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव समाराेहलाई उद्धाटन गर्दै मन्त्री खनालले यस्ताे बताएका हुन् ।

उनले अहिले शिक्षा क्षेत्रमा विभिन्न चुनौती देखा परेको बताउँदै आजको युवाले सोचेको जस्तो र समाजले खोजेको जस्तो शिक्षा अहिलेको शिक्षा प्रणालीले दिन नसकेको प्रश्नहरु उठेको बताएका छन् । मन्त्री खनालले वर्तमान समयले मागेकाे र युवाले खाेजेकाे शिक्षा सुधारका लागि सम्पूर्ण राजनीतक दल, सामाजिक अभियान्त र शैक्षिक बौद्धिकहरुले सरकारलाईृ सहयाेग गर्न आग्रह गरे ।

मन्त्री खनालले साविक राप्ती अञ्चलका ५  वटा जिल्ला र केही जाजरकोटका विद्यार्थीहरुले महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेर समाजको विभिन्न ठाउँको नेतृत्व गरिरहेको बताए । आज यस क्याम्पमा विद्यार्थीको रुपमा सिकेको कुराले उज्वल भविष्य यही क्याम्पसबाट सिकेको अध्ययन, सिप र त्यो उत्साहका साथ समाजको हरेक ठाउँमा पुगेर त्यो ठाउँको नेतृत्व गर्नुपर्ने समेत बताए । उनले विद्यार्थीहरुले यस क्यामपसबाट शिक्षा आर्जन गरेर भोलीका दिनमा देशले गर्व गर्न सक्ने जन शक्ती र यो क्यामसको इतिहास समय देखी अत्यन्तै महत्वपूर्ण रहेको बताउदै अझ सशक्त पार्न अहिलेका विद्यार्थीहरुले भुमिका खेल्नु पर्ने बताए ।

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनमा भएकाे ६४ औं वार्षिक उत्सव कार्यक्रममा विशिष्ट अतिथीकाे आसनबाट बाेल्दै घोराही उप-महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अहिले शिक्षा नै बिकास हो भन्ने आम नागरिकले बुजेकाे जाेड दिए । उनले शिक्षा बिना विकास समेत असम्भव रहेको समेत बताए । नगर प्रमुख चौधरीले दाङमा महेन्द्र बहुमुखी क्याम्पस शिक्षा हासिल गर्ने थलो बनेको भन्दै सरकारीस्तरबाट सुरु हुन लागेको इन्जिनियर पढाई संचालनलाई यस क्याम्पसले भवन दिएर सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सभापति एवं महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति शंकरप्रसाद डाँगीले यस क्याम्पसले धेरै जनशक्ति यो देशका लागि उत्पादन गरि सकेको भन्दै आउने विद्यार्थीहरु पनि दक्ष जनशक्तिको रुपमा देश, समाज र आफ्नो परिवार प्रति उत्तरदायी सहित केही गर्न सक्ने सामर्थी रहने विश्वास रहेको समेत बताए । उनले शिक्षा भनेको मानिसलाई मानिस बनाउने तत्व हो त्यसैबाट बाकि जिवन चलाउनु पर्ने समेत बताए ।

कार्यक्रममा विप्लव निकट अखिल (क्रान्तिकारी )का घोराही नगर अध्यक्ष खुम रिजाल, अखिल (क्रान्तिकारी)दाङको संयोजक गिरबहादुर महरा, अनेरास्ववियु दाङका सह-संयोजक वसन्त भण्डारी, नेबिसंघका केन्द्रीय सदस्य निरज गिरी, महेन्द्र बहुमुखी क्याम्पसका पूर्ब स्ववियु सभापति बालकृष्ण डाँगी, नेपाल पत्रकार महास‌घका निवर्तमान अध्यक्ष एवं घोराही बनाऔ अभियानका संयोजक सविन प्रियासन, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख भरतराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

साे अवसरमा विभिन्न खेलकुद प्रतियोेगिताका विजेतालाई पुरस्कार वितरण, नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गर्नुका साथै विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । स्ववियू अध्यक्ष मनोज डाँगीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख अतिथिमा भएको कार्यक्रमको सञ्चालन स्ववियू सचिव बसन्त भण्डारी र सदस्य रमिला शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे