LISTEN LIVE RADIO

पब्लिक एजुकेशन लालमटियाकाे १६ औँ बार्षिक उत्सवकाे अवसरमा खेल सप्ताह शुरू



पब्लिक एजुकेशन लालमटियाकाे १६ औँ बार्षिक उत्सवकाे अवसरमा खेल सप्ताह शुरू

भालुवाङ २९ माघ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया स्थित पब्लिक एजुकेशन एकेडेमीकाे १६ औं बार्षिक उत्सवकाे अवसरमा माघकाे २६ गते देखि खेलकुद सप्ताह शुरू भएकाे छ । वि.सं. २०६५ सालमा स्थापना भएकाे एकेडेमीले आफ्नाे १६ औं स्थापना दिवसकाे अवसरमा दर्जनाैँ खेलकुद कार्यक्रमकाे आयाेजना गरी खेलकुद सप्ताह शुरू गरेकाे हाे ।

जस अन्तर्गत अहिले सम्म फुटबल, भलिबल, क्रिकेट, ज्याबलिङ्ग थ्राे, सटफुट, हाइजम, लमजम, कब्बडी, हिसाब दाैड, रिले दाैड, दाैड, ताताे आलु, घैँटाफाेड, कराँते, खाेखाे, डाेरी तान्ने, साेलाे साइकल रेस, कुर्सी दाैड र हाजिरीजवाफ लगायतका खेलकुद कार्यक्रमहरू भईरहेकाे एकडेमीका प्रिन्सीपल चम्पकराज कार्कीले जानकारी दिए । एकेडेमीले फागुन २ गते बुधबार सरस्वती पुजाका दिन एक भब्य कार्यक्रमकाे आयाेजना गरी बार्षिक उत्सव मनाउन लागेकाे जनाएकाे छ । बार्षिक उत्सव समाराेहका दिन एकेडेमीले खेलकुद, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, सरस्वती पुजा तथा अक्षराम्भ र पुरूस्कार बितरण तथा सम्मान कार्यक्रमका साथ बार्षिक उत्सव मनाउन लागेकाे प्रिन्सीपल कार्कीले जानकारी दिए ।

यसैबीच एकेडेमीले बार्षिक उत्सवकाे अवसरमा आज साेमबार राप्ती गाउँपालिका माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । प्रतियाेगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, लिटिल एन्जल्स स्कुल भालुवाङ द्धितीय, गाेरखा आइडियल स्कूल तृतीय र आदर्श मावि लालमटिया सान्तवना भएका छन् ।  प्रतियाेगितामा सामुदायिक तथा संस्थागत गरी ९ वटा विद्यालयले भाग लिएका थिए । एकेडेमीका प्रिन्सिपल चम्पकराज कार्कीकाे अध्यक्षता एवम् बार्षिक उत्सव मूल आयाेजक समिती संयाेजक तथा विद्यालय सञ्चालक समिती सदस्य शाेभाकर भुसालकाे प्रमुख आतिथ्यतामा भएकाे हाजिरी जवाफ प्रतियाेगितामा कार्यक्रममा ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, सर्वाेदय माविका शिक्षक रामकृष्ण पाैडेल, शंकर माविका शिक्षक माधव न्याैपाने, मावि माैरीघाटकी शिक्षिका शान्ता अधिकारी र एकेडेमीका लेखा प्रमुख माधव शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।  कार्यक्रमकाे सञ्चालन एकेडेमीका शिक्षक पदम गिरी र शिक्षिका मुना गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे