LISTEN LIVE RADIO

दाङको राप्तीले बैशाख महिना भित्रै विकास निर्माणको सम्पूर्ण भुक्तानी दिने गरी कार्ययोजना तयार



दाङको राप्तीले बैशाख महिना भित्रै विकास निर्माणको सम्पूर्ण भुक्तानी दिने गरी कार्ययोजना तयार

भालुवाङ २२ साउन । दाङ—देउखुरीको राप्ती गाउँपालिकाले विकास निर्माण सम्बन्धी योजनाहरुको बैशाख मसान्त भित्रै भुक्तानी गर्ने गरी योजना तयार पारेको छ ।  आर्थिक बर्ष २०८०/०८१ को पहिलो गाउँ कार्यपालिकाको आज सम्पन्न बैठकले आर्थिक सुशासनलाई थप प्रभावकारी बनाउन आर्थिक बर्ष २०८०/०८१ को भौतिक पूर्वधार निर्माणका सम्पूर्ण भुक्तानी बैशाख मसान्त सम्म गर्ने गरी कार्ययोजना तयार गरिएको हो ।

यस आर्थिक बर्ष २०८०/०८१ का लागि स्वीकृत बार्षिक योजना तथा कार्यक्रम गरी सम्पन्न गरी बैशाख मसान्त भित्रै भुक्तानी गर्ने गरी बार्षिक कार्यतालिका सहितको कार्ययोजना तथा कार्यक्रम स्बीकृत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार भदौ मसान्त सम्म सम्पूणर् योजनाहरुको उपभोक्ता समिती गठन, असोज १५ गते सम्म गठित उपभोक्ता समितीहरुलाई अनुशिक्षण, असोज मसान्त सम्पूर्ण योजनाहरुको लागत अनुमान तयारी र कार्तिक मसान्त सम्म उपभोक्ता समिती र पालिका बीच सम्झौता गरी कार्य परारम्भ गर्ने गरी कार्यतालिका बनाइएको छ ।

त्यस्तै चैत मसान्त सम्म सम्पूणर् योजनाहरुको कार्य सम्म गर्ने र बैशाख महिना भित्र फरफारक गर्ने तथा अनुगमन गरी सम्पूणर् भूक्तानी गर्ने गरी कार्यतालिका तयार भएको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । बिगतका बर्षहरुमा असारमा भुक्तानी गर्ने परिपार्टीले विकासका कार्यहरु लक्ष्य अनुसार र गुणस्तर नुहँुदा नागरिकहरुबाट ब्यापक गुनासोहरु आउने गर्दथ्यो ।

अहिले असारे विकासको परिपाटीलाई त्यागदै बैशाखमा भुक्तानी गर्दा समय मै गुणस्तर काम हुने गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताउनुभयो । साथै उहाँले बैशाख मै भुक्तानी गर्ने सिस्टमले उपभोक्ताहरुले समयमै काम सम्पन्न गर्ने, समयमै भुक्तानी पाउने र गुणस्तरिय काम हुने बताए ।  अध्यक्ष बिष्टले बैशाख मै भुक्तानी गर्ने सिस्टमले हामीलाई जेष्ठ महिना भरि आउने आर्थिक बर्षको बजेट तथा निति कार्यक्रम तयार गर्न प्रर्याप्त समय पुग्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे