LISTEN LIVE RADIO

रोल्पाबाट घोराही तर्फ आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते



रोल्पाबाट घोराही तर्फ आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते

दाङ २३ साउन । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीदमार्ग अन्तर्गत तिलाबजार नजिकै दिउँसो १ बजे दुर्घटना भएको हो ।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् । बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे